"इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"
«إذا قُلْتَ لِصَاحِبِكَ: أَنْصِتْ، يومَ الجمعةِ، والْإِمامُ يَخْطُبُ، فَقَدْ لَغَوْتَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, शुक्रबारको खुत्बामा उपस्थित व्यक्तिहरूले चुपचाप र पूर्ण ध्यानका साथ खतीब (धर्मगुरु) को खुत्बा (उपदेश) लाई सुन्नु पर्छ, ताकि उहाँले यसमा मनन गर्न सकून् । जसले खुत्बा भइरहेको समयमा कसैलाई शान्त रहन वा ध्यान दिएर सुन्न इत्यादि सानो कुरा पनि भन्यो भने ऊ शुक्रबारको नमाजको पुण्यबाट वञ्चित भयो ।
أَنْصِتْ: اسكت عن الكلام.
لَغَوْتَ: لغا أتى بقول ساقط، ليس فيه فائدة.
जुमाको खुत्बा (उपदेश) सुन्दा कुरा गर्नु हराम/बाहिर वर्जित हो । त्यसैगरी कसैलाई गलत कामबाट रोक्नका लागि कुरा गर्नु, सलामको जवाफ दिनु र हाच्छ्युँ गर्नेलाई जवाफ दिन पनि निषेध गरिएको छ ।
यदि कसैले इमामलाई केही भन्न सम्बोधन गर्छ वा इमामले कसैलाई सम्बोधन गर्छ भने यो अपवाद हो र निषेध भित्र पर्दैन ।
आवश्यक पर्दा दुई खुत्बा बीच कुरा गर्न अनुमति छ ।
खुत्बाको समयमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम आउँछ भने उहाँमाथि विस्तारै दरुद पढ्नु र त्यसैगरी दुआ पछि पनि विस्तारै आमीन भन्नु ।
सही बुखारी (2/ 13) (934).
सही मुस्लिम (2/ 583) (851).
थप (10)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص244).
تنبيه الأفهام.
للعثيمين (2/ 307).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 195).
فتح الباري.
لابن حجر (2/ 409).
تاج العروس من جواهر القاموس.
لمحمّد الحسيني الزَّبيدي (39/ 463).