"तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म
अबु अब्दुर्रहमान अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उनले भने:
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
حَدَّثَنَا رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ وَهُوَ الصَّادِقُ المَصْدُوقُ: «إِنَّ أَحَدَكُمْ يُجْمَعُ خَلْقُهُ فِي بَطْنِ أُمِّهِ أَرْبَعِينَ يَوْمًا، ثُمَّ يَكُونُ عَلَقَةً مِثْلَ ذَلِكَ، ثُمَّ يَكُونُ مُضْغَةً مِثْلَ ذَلِكَ، ثُمَّ يُرْسَلُ إلَيْهِ المَلَكُ فَيَنْفُخُ فِيهِ الرُّوحَ، وَيُؤْمَرُ بِأَرْبَعِ كَلِمَاتٍ: بِكَتْبِ رِزْقِهِ، وَأَجَلِهِ، وَعَمَلِهِ، وَشَقِيٍّ أَوْ سَعِيدٍ؛ فَوَالَّذِي لَا إلَهَ غَيْرُهُ إنَّ أَحَدَكُمْ لَيَعْمَلُ بِعَمَلِ أَهْلِ الجَنَّةِ حَتَّى مَا يَكُونُ بَيْنَهُ وَبَيْنَهَا إلَّا ذِرَاعٌ فَيَسْبِقُ عَلَيْهِ الكِتَابُ فَيَعْمَلُ بِعَمَلِ أَهْلِ النَّارِ فَيَدْخُلُهَا، وَإِنَّ أَحَدَكُمْ لَيَعْمَلُ بِعَمَلِ أَهْلِ النَّارِ حَتَّى مَا يَكُونُ بَيْنَهُ وَبَيْنَهَا إلَّا ذِرَاعٌ، فَيَسْبِقُ عَلَيْهِ الكِتَابُ فَيَعْمَلُ بِعَمَلِ أَهْلِ الجَنَّةِ فَيَدْخُلُهَا».
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो; जो (सादिक); आफ्नो वचनमा सत्य र (मस्दूक); जसलाई अल्लाहले सत्यवादी घोषित गर्नुभएको छ, उहाँले भन्नुभयो: तिमीहरु मध्ये प्रत्येकको सृष्टिको तत्त्व जम्मा गरिन्छ, अर्थात् पुरुषले आफ्नी श्रीमतीसँग सहवास गर्दा, महिलाको पाठेघरमा छरिएको वीर्य चालीस दिनसम्म शुक्रकीटको रूपमा संकलित रहन्छ, त्यसपछि त्यो 'अलकाह' बन्छ जुन बाक्लो र जमेको रगत हो, र यो दोस्रो ४० दिनमा हुन्छ । त्यसपछि त्यो 'मुद्घाह' बन्छ जुन चपाउन सकिने जति मासुको टुक्रा हो, र यो तेस्रो ४० दिनमा हुन्छ । त्यसपछि अल्लाहले फरिश्ता पठाउनुहुन्छ, र तेस्रो ४० दिन सकिएपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । अनि फरिश्तालाई चार कुराहरू लेख्न आदेश दिइन्छ जुन हुन्: उसको जीविका, अर्थात् आफ्नो जीवनकालमा उसले कति अनुग्रह प्राप्त गर्नेछ; उसको आयु, अर्थात् संसारमा उसको बसाइको अवधि; उसको कर्म, त्यो के हुनेछ?; र ऊ दु:खी वा सुखी हुने कुरा । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाएर भन्नुभयो कि एक व्यक्तिले स्वर्गवासीहरूको कर्म गर्छ र उसको कर्म असल हुन्छ, अर्थात् मानिसहरूलाई देखिने सन्दर्भमा, र ऊ त्यस्तै रहिरहन्छ जबसम्म उसको र स्वर्गको बीचमा एक हातको दूरी मात्र बाँकी रहँदैन, अर्थात्: उसको र स्वर्गमा पुग्नको बीचमा त्यति मात्र दूरी बाँकी रहन्छ जति कुनै व्यक्तिको र पृथ्वीको कुनै स्थानको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य र उसमाथि निर्धारण गरिएको कुरा उसमाथि हावी हुन्छ, अनि त्यसबेला उसले नर्कवासीहरूको कर्म गर्छ र उसको अन्त्य त्यसैमा हुन्छ अनि ऊ नर्कमा प्रवेश गर्दछ; किनकि उसको कर्म स्वीकार हुनुको सर्त यो हो कि ऊ त्यसमा अडिग रहोस् र त्यसलाई नबदलोस् । र मानिसहरूमध्ये अर्को एक व्यक्तिले नर्कवासीहरूको कर्म गर्छ यहाँसम्म कि ऊ नर्कमा प्रवेश गर्न नजिक हुन्छ, र मानौं उसको र नर्कको बीचमा जमिनको एक हातको दूरी जति मात्र रहन्छ, तब उसको भाग्य र उसमाथि निर्धारण गरिएको कुरा उसमाथि हावी हुन्छ, र उसले स्वर्गवासीको कर्म गर्छ अनि उसको अन्त्य त्यसैमा हुन्छ र ऊ स्वर्गमा प्रवेश गर्दछ ।
मानव सृष्टिको चरणहरूको विवरण।
काजा व कद्र (पूर्वनिर्धारित भाग्य र ईश्वरीय आदेश) मा विश्वास।
यसमा खराब अन्त्यको डर राख्न र मृत्युसम्म अडिग रहन अल्लाहसँग प्रार्थना गर्न प्रोत्साहित गरिएको छ ।
यस हदीसमा कर्मको बाहिरी र देखिने अवस्था बाट धोका नखानु भन्ने चेतावनी दिइएको छ, किनभने कर्मको वास्तविक मूल्याङ्कन अन्तिम परिणामबाट गरिन्छ।"
यो हदीस त्यस व्यक्तिको हकमा हो जसले निष्ठा र आस्थाका साथ कर्म गर्दैन, बरु मानिसहरूको दृष्टिमा मात्र स्वर्गवासीहरूको जस्तो कर्म गर्दछ। र जहाँसम्म त्यस व्यक्तिको कुरा छ जसले वास्तवमै निष्ठा र आस्थाका साथ स्वर्गवासीहरूको जस्तो कर्म गर्दछ, अल्लाह तआला यति न्यायपूर्ण, उदार र दयालु हुनुहुन्छ कि उसलाई उसको जीवनको अन्त्यमा असहाय छोड्नुहुन्न। अल्लाह तआलाको कथन छः {ईमानवालाहरूलाई अल्लाह सत्य निष्ठाको साथमा सवल राख्दछ दुनियाँको जीवनमा पनि र मृत्युपछिको जिन्दगीमा पनि, होः अन्यायीहरूलाई अल्लाहले भ्रमित गरिदिन्छ र अल्लाह जो चाहन्छ, गरिहाल्छ ।}
सही बुखारी (9/ 135) (7454).
(4/ 111) (3208).
सही मुस्लिम (4/ 2036) (2643).
थप (2)
عمدة القاري شرح صحيح البخاري (15/ 130).
شرح الأربعين النووية للعثيمين (ص: 84).
Cited in books
5 Booksथप (5)
- التسليم للنص الشرعي والمعارضات الفكرية المعاصرة02 التسليم للنص الشرعي - من المبحث الثالث الفصل الأول حتى المبحث الثاني الفصل الثاني"إن أحدكم ليعمل بعمل أهل الجنة."
- سبعون سؤالا في أحكام الجنائر1كما يدلّ عليه حديث ابن مسعودٍ رضي الله عنه، قال: حدثنا رسول الله صلى الله عليه وسلم -وهو الصادق المصدوق- فقال: «إن أحدكم يجمع خلقه في بطن أمّه أربعين يومًا نطفةً، ثم يكون علقةً مثل ذلك، ثم يكون مضغةً مثل ذلك، ثم يرسل إليه الملك، فينفخ فيه ا
- شرح الأربعين النووية«إنَّ أَحَدَكُمْ يُجْمَعُ خَلْقُهُ فِي بَطْنِ أُمِّهِ أَرْبَعِينَ يَوْمًا، ثُمَّ يَكُونُ عَلَقَةً مِثْلَ ذَلِكَ، ثُمَّ يَكُونُ مُضْغَةً مِثْلَ ذَلِكَ، ثُمَّ يُرْسَلُ إلَيْهِ الْمَلَكُ فَيَنْفُخُ فِيهِ الرُّوحَ، وَيُؤْمَرُ بِأَرْبَعِ كَلِمَا
- مجموعة زاد الحديث (1)الحديث 1«ثُمَّ يُرْسَلُ إِلَيْهِ المَلَكُ فَيَنْفُخُ فِيْهِ الرُّوْحَ»
- موسوعة الإيمان«إِنَّ أَحَدَكُمْ يُجْمَعُ خَلْقُهُ فِي بَطْنِ أُمِّهِ أَرْبَعِينَ يَوْمًا، ثُمَّ يَكُونُ عَلَقَةً مِثْلَ ذَلِكَ، ثُمَّ يَكُونُ مُضْغَةً مِثْلَ ذَلِكَ، ثُمَّ يَبْعَثُ اللَّهُ مَلَكًا فَيُؤْمَرُ بِأَرْبَعِ كَلِمَاتٍ، وَيُقَالُ لَهُ: اكْتُبْ