Filter results
339 cards
الموضوعات
الموضوعات (13)
التصنيف الشرعي
Filter ▾
حجم المحتوى4
उत्तर: १. जब मलाई पीडा महसुस हुन्छ, म आफ्नो दाहिने हात त्यस स्थानमा राख्छु र तीन पटक «बिस्मिल्लाह» भन्छु, अनि सात पटक «अऊजु बि'इज्जतिल्लाहि व कुदरतिहि मिन शर्रि मा अजिदु व उहाजिर» भन्छु। अर्थ: म अल्लाह तआलाको प्रभुत्व र उहाँको शक्तिको माध्यमबाट, जुन पीडा म महसुस गरिरहेको छु वा जसको मलाई डर छ, त्यसको खराबीबाट शरण माग्छु।
२. सब्र (धैर्य) अपनाउँदै अल्लाह तआलाको तक्दीरमा सन्तुष्ट रहन्छु।
उम्मे अल-अला (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्: जब म बिरामी थिएँ, रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) मलाई भेट्न आउनुभयो र भन्नुभयो:
"हे अलाकी आमा, खुशी होऊ; मुस्लिमको रोगले उसको पापलाई त्यसरी नै हटाइदिन्छ जसरी आगोले सुन र चाँदीको अशुद्धतालाई हटाइदिन्छ।"
(अबू दाऊद)
३. म आफ्नो बिरामी भाइलाई भेट्न छिटो जान्छु, उसको लागि दुआ गर्छु र त्यहाँ लामो समय बस्दिनँ।
४. म आफैं उसलाई रुक्या (दम/आध्यात्मिक उपचार) गर्छु, उसले मसँग त्यसको माग नगरे पनि।
५. म उनलाई धैर्य गर्न, दुआ गर्न, नमाज पढ्न र सकेसम्म पवित्रता कायम राख्न सल्लाह दिन्छु।
६. बिरामीको लागि दुआ:
"अस्अलुल्लाहल-अजीम रब्बल-अर्शिल-अजीम अन यश्फियक" सात पटक। अर्थ: म महान अल्लाह, महान सिंहासन (अर्श) का मालिकसँग तपाईंको स्वास्थ्य लाभको कामना (दुआ) गर्दछु।
उत्तर: १. अल्लाह अज्ज व जल्लको लागि नियतलाई शुद्ध (इख्लास) गर्नु।
यसको प्रमाण यो हदीस हो:
“जसले विद्वानहरूसँग घमण्ड गर्न, मूर्खहरूसँग प्रतिस्पर्धा गर्न र मानिसहरूको ध्यान आफूतिर आकर्षित गर्न ज्ञान सिक्छ, अल्लाहले उसलाई जहन्नम (नर्क) मा प्रवेश गराउनुहुनेछ।”
(इब्ने माजा)
२. मैले सिकेको ज्ञानअनुसार कर्म गर्छु।
“कियामतको दिन एक दासका पाउहरू तबसम्म हल्लिने छैनन्, जबसम्म उसलाई चार कुराबारे सोधिँदैन। तीमध्ये एक: उसको ज्ञान र त्यसअनुसार उसले के गर्यो भन्ने बारे।”
(तिर्मिजी र दारमी)
३. म शिक्षकलाई सम्मान गर्छु र उहाँको उपस्थितिमा र अनुपस्थितिमा पनि उहाँको आदर गर्छु।
४. म उहाँको अगाडि आदरपूर्वक बस्छु।
५. म उहाँका कुरा ध्यानपूर्वक सुन्छु र पढाइको समयमा उहाँलाई बीचमै रोक्दिनँ।
६. म प्रश्न सोध्दा शिष्टाचार अपनाउँछु।
७. म उहाँलाई नाम लिएर बोलाउँदिनँ।
“अल्लाहको सम्मान गर्ने तरिकामध्ये एक हो: वृद्ध मुस्लिम र कुरआन बोक्ने (हाफिज) व्यक्तिको सम्मान गर्नु।”
(अबू दाऊद)
१. म सभा (बैठक) मा बसेका मानिसहरूलाई सलाम गर्छु।
२. जहाँ ठाउँ पाइन्छ, त्यहीँ बस्छु; कसैलाई उठाउँदिनँ र अनुमति बिना दुई जनाबीचमा बस्दिनँ।
३. म अरूलाई बस्नका लागि सभा फराकिलो बनाउँछु।
४. म सभामा भइरहेको कुराकानीमा बीचमै हस्तक्षेप गर्दिनँ।
५. म सभाबाट निस्कनुअघि अनुमति माग्छु र सलाम गर्छु।
– इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
“नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले कुनै व्यक्तिलाई उसले बसिरहेको ठाउँबाट उठाएर त्यहाँ अरूलाई बसाल्न निषेध गर्नुभयो, तर उहाँले भन्नुभयो: तिमीहरू एक–अर्काका लागि ठाउँ फराकिलो बनाऊ र विस्तार गर।"
(बुखारी)
यसको प्रमाण यो हदीस हो:
“यदि तिमीहरूमध्ये कोही सभामा पुग्छ भने, उसले उपस्थित मानिसहरूलाई सलाम गरोस्, र जब उठेर जान लाग्छ, तब पनि सलाम गरोस्। किनकि पहिलो दोस्रोभन्दा बढी हकदार होइन।”
(तिर्मिजी र अबू दाऊद)
६. जब सभा समाप्त हुन्छ, म “कफ्फारतुल मजलिस” (सभाको प्रायश्चितको दुआ) पढ्छु, जुन हो:
"सुब्हानकल्लाहुम्म व बिहम्दिक, अश्हदु अल्ला इलाह इल्ला अन्त, अस्तगफिरुक व अतूबु इलैक।" अर्थ: “हे अल्लाह, तपाईं पवित्र हुनुहुन्छ र म तपाईंको प्रशंसा गर्छु। म गवाही दिन्छु, तपाईं बाहेक कोही उपास्य छैन। म तपाईंबाट क्षमा माग्छु र तपाईंसमक्ष पश्चात्ताप गर्छु।”
उत्तर: १. म छिट्टै सुत्छु।
यसको प्रमाण यो हदीस हो:
"अबू बरजह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) इशा नमाजभन्दा अघि सुत्न र त्यसपछि कुराकानी गर्न मन पराउनुहुन्नथ्यो।”
(बुखारी)
२. म वुजू गरेर सुत्छु।
३. म पेटको बल (घोप्टो परेर) सुत्दिनँ।
४. म दाहिने कोल्टे परेर सुत्छु र दाहिने हात दाहिने गाला मुनि राख्छु।
५. म ओछ्यान झारेर सफा गर्छु।
बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
“जब तिमी आफ्नो सुत्ने ठाउँ (ओछ्यान) मा सुत्न जाऊ, तब नमाजका लागि जस्तै वुजू गर र त्यसपछि दाहिने कोल्टे परेर सुत।”
- अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले एक व्यक्तिलाई पेटको बल सुतिरहेको देख्नुभयो, तब उहाँले भन्नुभयो:
"निस्सन्देह, अल्लाहलाई यस्तो सुत्ने तरिका मन पर्दैन।"
यसलाई तिर्मिजी र अहमदले वर्णन गरेका छन्।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ:
“जब तिमीहरूमध्ये कोही आफ्नो ओछ्यानमा जान्छ, उसले आफ्नो लुगाको भित्री भागले ओछ्यान झारोस्, किनकि उसलाई आफ्नो अनुपस्थितिमा त्यसमा के परेको छ भन्ने थाहा हुँदैन।”
६. म सुत्ने दुआ/अजकार पढ्छु: आयतुल कुर्सी, सूरह इख्लास र मुअव्विजतैन (सूरह फलक र सूरह नास) तीन–तीन पटक पढ्छु। अनि म भन्छु:
"बिस्मिकल्लाहुम्म अमूत वा अह्या।" अर्थ: हे अल्लाह, म तिम्रो नामले मर्छु र तिम्रो नामले जीवित हुन्छु।
७. म फज्र नमाजका लागि उठ्छु।
८. निद्राबाट उठेपछि म यो दुआ पढ्छु:
"अल्हम्दुलिल्लाहिल्लजि अहयाना बादमा अमातना वा इलैहिन्नशूर।" अर्थ: सबै प्रकारका प्रशंसा अल्लाहकै लागि हुन्, जसले हामीलाई मृत्यु (निद्रा) पछि फेरि जीवित गर्नुभयो र हामी उहाँतर्फ नै फर्केर जान्छौं।
उत्तर: १. म खानपिन गर्दा अल्लाह अज्ज व जल्लको आज्ञापालनका लागि शक्ति प्राप्त गर्ने नियत गर्छु।
२. खाना खानु अघि दुवै हात धुने।
- उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरिकी छिन्, "रसूल (सल्लल्लाहु अलैहि व सल्लम)
जब उहाँ खान वा पिउन चाहनु हुन्थ्यो आफ्ना हातहरू धुनुहुन्थ्यो र त्यसपछि खानु र पिउनुहुन्थ्यो।"
(अहमद)
३. म सुरुमा ‘बिस्मिल्लाह’ भन्छु अनि दाहिने हातले र आफ्नो अगाडि भएको भागबाट खान्छु। थालको बीचबाट वा अरूको अगाडिबाट खान्दिनँ।”
यसको प्रमाण यो हदीस हो:
“हे बालक! बिस्मिल्लाह भन, दाहिने हातले खाऊ र भाँडामा आफ्नो अगाडिको भागबाट खाऊ।”
(बुखारी र मुस्लिम)
४. यदि सुरुमा “बिस्मिल्लाह” भन्न बिर्सें भने, म “बिस्मिल्लाहि अव्वलहु वा आख़िरहु” भन्छु।
- किनकि उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ,रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
“जब तिमीहरूमध्ये कोही खाना खान्छ, उसले ‘बिस्मिल्लाह’ भन्नुपर्छ। यदि सुरुमा ‘बिस्मिल्लाह’ भन्न बिर्सियो भने, उसले ‘बिस्मिल्लाहि अव्वलहु वा आख़िरहु’ भन्नुपर्छ।”
यसलाई तिर्मिजी र अहमदले वर्णन गरेका छन्।
५. “म उपलब्ध भएको खानामा सन्तुष्ट रहन्छु र खानाको निन्दा गर्दिनँ; मन परे खान्छु, नत्र छोड्छु।”
- किनभने अबू-हुरैरह (रजियल्लाहु अन्हु) को हदीसमा छ, उनले भने:
“नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले कहिल्यै कुनै खानाको निन्दा गर्नुभएन; यदि मन पर्यो भने खानुहुन्थ्यो, नत्र छोड्नुहुन्थ्यो।”
६. म केही ग्रास मात्र खान्छु, धेरै खाँदिनँ।
“मानिसले आफ्नो पेटभन्दा खराब भाँडो कहिल्यै भरेको छैन। मानिसका लागि केही ग्रास नै पर्याप्त छन्, जसले उसको ढाड सीधा राख्छ। तर यदि उसको मनले मानेन भने, पेटको तिहाइ भाग खानाको लागि, तिहाइ भाग पानीका लागि र तिहाइ भाग सास (हावाका लागि) राखोस्।”
(तिर्मिजी र इब्ने माजा)
७. म खाने वा पिउने कुरामा फुक्दिनँ र त्यसलाई सेलाउन दिन्छु।
“रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले खाना वा पेय पदार्थमा फुक्न निषेध गर्नुभएको छ।”
(अहमद र इब्ने माजा)
८. म परिवार वा पाहुनासँग बसेर खाना खान्छु।
- एक व्यक्तिले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई भन्यो: “हामी खान्छौं तर सन्तुष्ट हुँदैनौं।” उहाँले भन्नुभयो:
“सायद तिमीहरू छुट्टाछुट्टै खान्छौ होला? तिमीहरू एकसाथ भेला भएर खाऊ र अल्लाहको नाम लेऊ, तिमीहरूको खानामा बरकत दिइनेछ।”
(अबू दाऊद र इब्ने माज)
९. म आफूभन्दा ठूलो वा उमेरमा वरिष्ठ व्यक्तिले नखाएसम्म खाना सुरु गर्दिनँ।
१०. म पानी पिउँदा अल्लाहको नाम लिन्छु, बसेर पिउँछु, तीन पटक (घुटुक–घुटुक) गरी पिउँछु र भाँडोमा सास फेर्दिनँ।
“जब तिमीहरूमध्ये कोही केही पिउँछ, उसले भाँडोभित्र सास नफेरोस्।"
- अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
“नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उभिएर पिउन निषेध गर्नुभएको छ।”
(मुस्लिम)
- किनभने हदीसमा छ:
“अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) कुनै पनि पेय पदार्थ तीन घुट्कामा पिउनुहुन्थ्यो।”
११. खाना खाएपछि वा केही पिएपछि म ‘अल्हम्दुलिल्लाह’ भन्छु र अल्लाहको प्रशंसा गर्छु।
“निश्चय नै अल्लाह आफ्ना भक्तसँग खुसी हुनुहुन्छ, जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ वा पानी पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।”
उत्तर: १. म दाहिने तर्फबाट लुगा लगाउन सुरु गर्छु र कपडा उपलब्ध गराइदिएकोमा अल्लाहको प्रशंसा गर्छु।
- अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जब तिमीहरू लुगा लगाउँछौ र वुजू गर्छौ, तब आफ्नो दाहिने तर्फबाट सुरु गर।"
(अबू दाऊद र अहमद)
२. म आफ्नो लुगा गोलीगाँठोभन्दा तल लगाउँदिनँ।”
यसको प्रमाण यो हदीस हो:
“तल (लुंगी/पैन्ट) को कपडाको जुन भाग गोलीगाँठोभन्दा तल हुन्छ, त्यो नरकमा हुनेछ।”
(बुखारी)
गोलीगाँठोको अर्थ दुवै खुट्टाका दुवै छेउमा देखिने उभिएका दुई हड्डीहरू हुन्।
३. पुरुषहरूले महिलाको र महिलाहरूले पुरुषको लुगा (पहिरन) लगाउनु हुँदैन।
“रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले महिलाको लुगा लगाउने पुरुषलाई र पुरुषको लुगा लगाउने महिलालाई श्राप दिनुभएको छ।”
४. काफिर वा फासिक (भ्रष्ट) हरूको जस्तो पहिरन अपनाउनु हुँदैन।
“जसले कुनै जाति/समुदायको नक्कल (अनुकरण) गर्छ, ऊ तिनीहरूमध्ये नै हो।”
(अबू दाऊद)
५. ‘बिस्मिल्लाह’ भनेर लुगा फुकाल्ने।
“आदमका सन्तानहरूको गुप्तअङ्ग र जिन्नहरू बीचको पर्दा भनेको लुगा फुकाल्दा ‘बिस्मिल्लाह’ भन्नु हो।”
(तब्रानी र इब्ने अबी शैबा)
६. जुत्ता लगाउँदा दाहिने खुट्टाबाट सुरु गर्ने र फुकाल्दा बायाँ खुट्टाबाट गर्ने।
यसको प्रमाण: उम्मुल् मुमिनीन आइशा (रजियल्लाहु अन्हा) को हदीस हो, उनले भनिन्:
"नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई जुत्ता/चप्पल लगाउँदा, कपालमा कंघी गर्दा, वुजू गर्दा र सम्पूर्ण कामहरू दाहिने तर्फबाट सुरुवात गर्न मन पर्थ्यो।"
उत्तर: १. सवारीमा सवार हुँदा म 'बिस्मिल्लाह' र 'अल्हम्दुलिल्लाह' भन्छु।
{सुब्हानल्लजी सख़्ख़र लना हाजा वमा कुन्ना लहू मुकरिनीन
व इन्ना इला रब्बिना ल मुन्कलिबून।} अर्थ: उहाँ पवित्र हुनुहुन्छ, जसले यस (सवारी) लाई हाम्रो अधीनमा दिनुभयो, जबकि हामी यसलाई वशमा पार्न सक्ने थिएनौँ र निश्चय नै हामी आफ्ना पालनकर्तातर्फ फर्किनेछौँ।
[अज्जुखरूफः १३-१४]
२. जब म कुनै मुस्लिमसँग भेट्छु, म उसलाई सलाम गर्छु।
उत्तर: १. म आफ्नो हिँडाइमा सन्तुलन (मध्यमता) अपनाउँछु र विनम्रता देखाउँछु।
अल्लाह तआलाले भन्नुभएको छः
{पृथ्वीमा अहंकारका साथ नहिँड; निश्चय नै तिमी न पृथ्वीलाई चिर्न सक्छौ, न त उचाइमा पर्वतहरूसम्म पुग्न सक्छौ।}
[अल् इस्राः ५७]
२. म जससँग भेट गर्छु, उसलाई सलाम गर्छु।
- नबी (सल्लल्लाहु अलैहि व सल्लम) सँग सोधियो: इस्लामका कुन कामहरू सबैभन्दा उत्तम हुन्? उहाँले भन्नुभयो:
“भोकाहरूलाई खाना खुवाऊ र चिनेका तथा नचिनेका सबैलाई सलाम गर।”
(बुखारी र मुस्लिम)
३. म नजर झुकाएर हिँड्छु र कसैलाई दुःख दिँदिनँ।
४. म भलाइको आदेश दिन्छु र बुराई (खराबी) बाट रोक्छु।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसमा भन्नुभएको छ:
“बाटोलाई त्यसको हक देऊ।” उनीहरूले सोधे: “बाटोको हक के हो?” उहाँले भन्नुभयो: “दृष्टि झुकाउनु, बाटोबाट कष्टदायक वस्तुहरू हटाउनु, सलामको जवाफ दिनु, भलाइको आदेश दिनु र खराबीबाट रोक्नु।”
५. म बाटोबाट कष्टदायक वस्तु हटाउँछु।
यसको प्रमाण यो हदीस हो:
“बाटोबाट कष्टदायक वस्तु हटाउनु पनि सद्का (दान) हो।”
उत्तर: १. घरबाट निस्कँदा बायाँ खुट्टा अगाडि राखेर निस्कन्छु र भन्छु:
"बिस्मिल्लाहि, तवक्कल्तु अलल्लाह, व ला हौल वला कुव्वत इल्ला बिल्लाह, अल्लाहुम्म इन्नी अऊजु बिक अन् अदिल्ल औ उदिल्ल,औ अजिल्ल औ उजल्ल, औ अजलिम औ उजलम, औ अजह्लु औ युज्हल अलैय्य।" अर्थ: अल्लाहको नाम लिएर (बाहिर निस्कन्छु), म अल्लाहमाथि भरोसा गर्छु; अल्लाहको सहयोग बिना न त कुनै कुराबाट बच्ने शक्ति छ, न त केही गर्ने क्षमता। हे अल्लाह! म भट्किन वा भट्काइन, चिप्लिन वा चिप्ल्याइन, कसैलाई अन्याय गर्न वा ममाथि अन्याय हुन तथा कसैप्रति अज्ञानता देखाउन वा मप्रति अज्ञानता देखाइन—यी सबै कुराबाट तपाईंको शरण माग्छु।
२. घरमा प्रवेश गर्दा दाहिने खुट्टा पहिला भित्र राख्छु र भन्छु:
"बिस्मिल्लाहि वलज्ना, व बिस्मिल्लाहि खरज्ना, व 'अला रब्बिना तवक्कल्ना।" अर्थ: अल्लाहको नाम लिएर घरमा प्रवेश गर्छौं, अल्लाहको नाम लिएर घरबाट निस्कन्छौँ र आफ्नो रबमाथि भरोसा गर्छौं।
३. भित्र प्रवेश गरेपछि पहिले मिस्वाक गर्छु र त्यसपछि घरका सदस्यहरूलाई सलाम गर्छु।
यसको प्रमाण यो हदीस हो:
"जब उहाँ घरमा प्रवेश गर्नुहुन्थ्यो, त सबैभन्दा पहिले मिस्वाक गर्नुहुन्थ्यो।”
(इब्ने माजा)
उत्तर: १. शौचालयमा प्रवेश गर्दा बायाँ खुट्टा पहिले राख्छु।
२. भित्र प्रवेश गर्नुअघि यो दुआ पढ्छु:
"बिस्मिल्लाह, अल्लाहुम्म इन्नी अऊजु बिक मिनल् खुबुषि वल् खबाइष।" अर्थ: अल्लाहको नाम लिएर (प्रवेश गर्छु), हे अल्लाह! म दुष्ट पुरुषहरू र दुष्ट स्त्रीहरूबाट तपाईंको शरणमा आउँछु।”
३. अल्लाहको नाम उल्लेख गरिएको कुनै कुरा लिएर (शौचालयभित्र) प्रवेश गर्दिनँ।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने:
“नबी (सल्लल्लाहु अलैहि व सल्लम) जब शौचालयमा प्रवेश गर्नुहुन्थ्यो, तब उहाँ आफ्नो औँठी उतार्नुहुन्थ्यो।”
(अबू दाऊद र इब्ने माज)
४. म शौच (दिसा-पिसाब) गर्दा पर्दा गर्छु।
यसको प्रमाण यो हदीस हो:
“रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाजत पूरा (दिसा-पिसाब) गर्दा कुनै टिलाको आड वा खजूरको बगैंचाको पर्खालको आड लिनु सबैभन्दा मन पर्थ्यो।”
(मुस्लिम)
५. दिसा–पिसाब गर्दा कसैसँग कुरा गर्दिनँ।
६. म दिसा–पिसाब गर्दा किब्लातर्फ न त फर्किन्छु, न त त्यसतर्फ पिठ्युँ फर्काउँछु।
- किनभने नबी (सल्लल्लाहु अलाहि वसल्लम) ले भन्नुभएको छ:
“दिसा–पिसाब गर्दा किब्लातर्फ नत मुख गर, न त त्यसतर्फ पीठ नै फर्काऊ; बरु पूर्व वा पश्चिमतर्फ मुख गर।”
(बुखारी र मुस्लिम)
७. सफाइका लागि बायाँ हात प्रयोग गर्छु र दायाँ हात प्रयोग गर्दिनँ।
“नबी सल्लल्लाहु अलैहि व सल्लमले हामीलाई दायाँ हातले इस्तिन्जा (सफाई) गर्नबाट मनाहि गर्नुभएको छ।"
८. म सार्वजनिक बाटो घाटोमा वा तिनीहरूको छायामा दिसा–पिसाब गर्दिनँ।
- किनभने अबू-हुरैरह (रजियल्लाहु अन्हु) को हदीसमा छ, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"दुई श्राप लाग्ने कामहरूबाट बच्नुहोस्।” उनीहरूले सोधे: “हे अल्लाहका रसूल, ती दुई श्राप लाग्ने काम के हुन्?” उहाँले भन्नुभयो: “जो मानिसहरूको बाटोमा वा तिनीहरूको छायामा दिसा–पिसाब गर्छ।”
९. म दिसा–पिसाब गरेपछि हात धुन्छु।
जरीर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: म नबी सल्लल्लाहु अलैहि व सल्लमसँग थिएँ। उहाँ शौचालय जानुभयो, आवश्यक कार्य पूरा गर्नुभयो, त्यसपछि भन्नुभयो:
“हे जरीर! पवित्रताको लागि पानी ल्याऊ।” म उहाँकहाँ पानी लिएर आएँ, उहाँले पानीले इस्तिन्जा गर्नुभयो, अनि आफ्नो हातलाई जमिनमा राखेर रगड्नुभयो।”
(नसाई)
१०. बाहिर निस्कँदा पहिले बायाँ खुट्टा बाहिर राख्दै “गुफरानक” भन्नु। अर्थ: हे अल्लाह! म तिमीबाट क्षमा माग्छु।
उत्तर: १. म आफ्नो दायाँ खुट्टाले मस्जिदमा प्रवेश गर्छु र भन्छु:
''बिस्मिल्लाहि, अल्लाहुम्मफ्तह ली अब्वाब रहमतिक।'' अर्थ: अल्लाहको नामबाट, हे अल्लाह! मेरा लागि आफ्नो दयाका ढोकाहरू खोलिदिनु होस्।
२. म दुई रकअत नमाज अदा नगरी बस्दिनँ।
यसको प्रमाण यो हदीस हो:
"तिमीहरूमध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले दुई रकअत नमाज नपढेसम्म नबसोस्।"
(बुखारी र मुस्लिम)
३. म नमाज पढिरहेकाहरूको अगाडिबाट जाँदिन, मस्जिदभित्र हराएको वस्तु खोज्दै घोषणा गर्दिनँ र मस्जिदमा किनबेच गर्दिनँ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“यदि नमाज पढ्ने व्यक्तिको अगाडिबाट जाने व्यक्तिले त्यस (पाप) को गम्भीरता थाहा पाएको भए, उसको अगाडिबाट गुज्रनु भन्दा चालीस (दिन, महिना वा वर्ष) उभिनु उसको लागि राम्रो हुने थियो।”
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:
"जसले मस्जिदमा कसैलाई हराएको वस्तु (चिज) खोज्दै घोषणा गरेको सुन्छ, उसले भनून्: ‘अल्लाहले तिमीलाई त्यो फिर्ता नगरून्।’ किनकि मस्जिदहरू यसका लागि बनाइएका होइनन्।"
(मुस्लिम)
– हदीसमा आएको छ:
"यदि तिमीहरूले कसैलाई मस्जिदमा किनबेच (व्यापार) गरिरहेको देख्यौ भने भनः ‘अल्लाहले तिम्रो व्यापारमा लाभ नदिऊन्।"
(तिर्मिजी र दारमी)
४. म मस्जिदको सफाइमा विशेष ध्यान दिन्छु।
हदीसमा छ, उम्मुल्-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ:
"रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा मस्जिदहरू बनाउने र तिनलाई सफा राख्ने तथा सुगन्धित बनाउने आदेश दिनुभएको छ।"
(तिर्मिजी, अबू दाऊद र अहमद)
५. म बायाँ खुट्टाले मस्जिदबाट बाहिर निस्कन्छु र भन्छु:
"अल्लाहुम्म इन्नी अस्अलुक मिन फजलिक।" अर्थ: हे अल्लाह! म तिम्रो कृपा (अनुग्रह) माग्छु।
उत्तर: १. जब म कुनै मुस्लिमलाई भेट्छु, म पहिले सलाम गर्छु र भन्छु: “अस्सलामु अलैकुम व रह्मतुल्लाहि व बरकातुह।” म सलाम बाहेक अरू कुनै कुराले बोल्न सुरु गर्दिनँ र केवल हातले इशारा मात्र पनि गर्दिनँ।
२. म जसलाई सलाम गर्छु, उसको अनुहारतर्फ मुस्कुराउँछु।
यसको प्रमाण यो हदीस हो:
"कुनै पनि भलाइलाई सानो नठान, चाहे तिमी आफ्नो भाइलाई प्रसन्न (मुस्कुराएको) अनुहारसहित भेट।"
(मुस्लिम)
३. म उससँग दायाँ हातले हात मिलाउँछु (मुसाफहा गर्छु)।
४. यदि कसैले मलाई सलाम गर्छ भने, म उसलाई त्यसभन्दा राम्रो तरिकाले जवाफ दिन्छु वा कम्तीमा त्यस्तै तरिकाले जवाफ दिन्छु।
- अल्लाह तआलाले भन्नुभएको छ:
{जब तिमीहरूलाई कसैले अभिवादन (सलाम) गर्छ भने त्यसको भन्दा राम्रो तरिकाले जवाफ देऊ वा कमसेकम त्यही बराबरको जवाफ देऊ। निश्चय नै अल्लाह प्रत्येक कुराको हिसाब लिनेवाला हुनुहुन्छ।}
[अन-निसा: ८०]
५. म काफिरलाई पहिले सलाम गर्दिनँ, तर यदि उसले सलाम गर्छ भने म "व अलैकुम" भनेर जवाफ दिन्छु।
«यहूदीहरू र इसाईहरूलाई पहिले सलाम नगर।»
६. सानोले ठूलोलाई, सवारीमा हुनेले पैदल हिँड्नेलाई, पैदल हिँड्नेले बसेकालाई र थोरैले धेरैलाई सलाम गर्छ।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः
«सवारीमा हुनेले पैदल हिँड्नेलाई सलाम गर्छ, पैदल हिँड्नेले बसेकालाई सलाम गर्छ, र थोरैले धेरैलाई सलाम गर्छ।»
(बुखारी र मुस्लिम)
७. गैर-महरम महिलासँग हात मिलाउनु हुँदैन।
हदीसमा छ, उम्मुल्-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ:
"होइन, अल्लाहको कसम! रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) को हातले कहिल्यै कुनै महिलाको हात छोएनन्।"
उत्तर: १. म कुनै स्थानमा प्रवेश गर्नु अघि अनुमति माग्छु।
२. म तीन पटकसम्म अनुमति माग्छु, त्योभन्दा बढी गर्दिनँ र त्यसपछि फर्किन्छु।
यसको प्रमाण यो हदीस हो:
«यदि तिमीहरूमध्ये कोहीले तीन पटक अनुमति माग्दा पनि अनुमति दिइएन भने, उसले फर्किनुपर्छ।»
(बुखारी र मुस्लिम)
३. म ढोकामा हल्का रूपमा ढकढक्याउँछु, म ढोकाको ठीक अगाडि उभिन्नँ, बरु दायाँ वा बायाँ तर्फ उभिन्छु र "अस्सलामु अलैकुम" भन्छु।
“रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कसैको ढोकामा पुग्नुहुन्थ्यो, तब ढोकाको ठीक अगाडि उभिनुहुन्नथ्यो, बरु त्यसको दायाँ वा बाँया कुनामा उभिनुहुन्थ्यो र ‘अस्सलामु अलैकुम, अस्सलामु अलैकुम’ भन्नुहुन्थ्यो।”
(अबू दाऊद)
४. म आफ्ना बुबा-आमा वा अन्य कोठामा अनुमति नलिई प्रवेश गर्दिनँ, विशेष गरी फज्र (बिहानको नमाज) अघि, दिउँसो झप्की (काइलुला) को समयमा र इशा नमाजपछि।
- अल्लाह तआलाले भन्नुभएको छ:
“हे आस्थावानहरू हो! तिमीहरूका दास-दासीहरू र तिमीहरूका नाबालक सन्तानहरूले तिमीहरूसँग तीन समयमा प्रवेश अनुमति मागून्—फज्रको नमाजअघि, मध्यान्हको समयमा जब तिमीहरू आफ्ना वस्त्र फुकाल्ने गर्छौ र इशाको नमाजपछि। यी तीन समय तिमीहरूका लागि गोपनीयताको समय हुन्। यी समयहरूबाहेक अन्य समयमा तिमीहरूका लागि र उनीहरूका लागि पनि कुनै आपत्ति छैन; उनीहरू तिमीहरूकहाँ बारम्बार आउजाउ गर्ने हुन्छन्, तिमीहरू एकअर्कासँग घनिष्ठ रूपमा सम्बन्धित छौ। यसरी अल्लाह तिमीहरूका लागि आयतहरू स्पष्ट पार्नुहुन्छ र अल्लाह सर्वज्ञानी र अत्यन्त बुद्धिमान हुनुहुन्छ।”
[सुरह नूर: २७]
५. म अस्पताल वा पसल जस्ता मानिस बसोबास नगर्ने स्थानहरूमा अनुमति नलिई प्रवेश गर्न सक्छु।
अल्लाह तआलाले भन्नुभएको छः
"तिमीहरूका लागि बसोबास नभएका घरहरूमा प्रवेश गर्नुमा कुनै दोष छैन, जसमा तिमीहरूका लागि कुनै आवश्यकता (काम) हुन्छ। र अल्लाहलाई तिमीहरूले जे प्रकट गर्छौ र जे लुकाउँछौ, सबै कुरा थाहा छ।"
जवाफ: १. म जनावरलाई खाना खुवाउँछु र पानी पिलाउँछु।
यसको प्रमाण यो हदीस हो:
उनीहरूले भने: “हे अल्लाहका रसूल! के हामीलाई जनावरहरूप्रति दया गर्दा पनि सवाब (प्रतिफल) हुन्छ?” उहाँले भन्नुभयो: “प्रत्येक जीवित प्राणीप्रति दया गर्नेमा पनि इनाम छ।”
(बुखारी र मुस्लिम)
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) एउटा ऊँटको पास भएर जानुभयो, जसको भोक र कमजोरीका कारण उसको पेट पीठसँग टाँसिएको थियो। उहाँले भन्नुभयो:
«यी जनावरहरूको बारेमा अल्लाहसँग डर राख।»
(अबू दाऊद)
२. दया र माया गर्नु र जनावरलाई उसको क्षमता भन्दा बढी बोझ नदिनु।
- हदीसमा छ: उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
“यो उँटको मालिक को हो? यो उँट कसको हो?” भन्ने प्रश्न गरियो। त्यसपछि अन्सारका एक युवक आएर भने: “यो मेरो हो, हे अल्लाहका रसूल!” त्यसमा उहाँले भन्नुभयो: “के तिमी यस जनावरप्रति अल्लाहसँग डराउँदैनौ, जसलाई अल्लाहले तिमीलाई दिनुभएको छ? किनकि उसले मलाई गुनासो गर्यो कि तिमी उसलाई भोकै राख्छौ र अत्यधिक थकाउँछौ।”
(अबू दाऊद र अहमद)
“تُدْئِبُهُ” (तुद्ईबुहु) को अर्थ हो: तिमी उसलाई धेरै कष्ट दिन्छौ र अत्यधिक काम गराएर थकाउँछौ।
३. म कुनै पनि प्रकारको यातना वा कष्ट दिएर जनावरलाई दुःख दिँदिनँ।
- जाबिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटा गधाको पासबाट गुज्रनुभयो, जसको अनुहारमा दाग लगाइएको थियो। उहाँले भन्नुभयो:
«के तिमीहरूलाई यो कुरा थाहा भएन, मैले त्यो व्यक्तिलाई श्राप दिएको छु जसले जनावरको अनुहारमा दाग लगाउँछ वा त्यसलाई अनुहारमा हिर्काउँछ?» त्यसपछि उहाँले यसो गर्नबाट रोक लगाउनुभयो।
मुस्लिम र अबू दाऊदले वर्णन गरेका छन् र शब्द अबू दाऊदका हुन्।
उत्तर: १. म खेलकुदबाट अल्लाहको आज्ञापालन गर्न र उहाँको प्रसन्नता प्राप्त गर्न शक्ति हासिल गर्ने नियत गर्छु।
२. हामी नमाजको समयमा खेल्दैनौं।
अल्लाह तआलाले भन्नुभएको छः
फ वैलुल् लिल् मुसल्लीन।
अल्लजीन हुम् अन् सलातिहिम् साहून।
[अल्-माऊन: ४-५]
३. केटाहरूले केटीहरूसँग खेलकुद गर्नु हुँदैन।
४. म आफ्नो गुप्ताङ्ग ढाक्ने खेलकुद पोशाक लगाउन प्रतिबद्ध छु।
५. म निषेधित खेलकुदबाट टाढा रहन्छु, जस्तै अनुहारमा प्रहार हुने वा गुप्ताङ्ग खुल्ने प्रकारका खेलहरू।
यसको प्रमाण यो हदीस हो:
«यदि तिमीहरूमध्ये कोही आफ्ना भाइसँग लडाइँ गर्छ भने उसले अनुहारमा प्रहार गर्नबाट बचोस्।»
(मुस्लिम)
उत्तर: १. हास्यठट्टा गर्दा सत्य बोल्नु र झूट नबोल्नु।
यसको प्रमाण यो हदीस हो:
"धिक्कार छ उसलाई जसले मानिसहरूलाई हँसाउन झूट बोल्छ; धिक्कार छ उसलाई , धिक्कार छ उसलाई !"
(अबू दाऊद, अहमद र तिर्मिजी)
२. ठट्टा यस्तो हुनुपर्छ जसमा अपमान, उपहास, हानि र धम्की नहोस्।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“कुनै मुस्लिमले अर्का मुस्लिमलाई डराउनु (त्रसित पार्नु) जायज छैन।”
(अबू दाऊद र अहमद)
३. धेरै ठट्टा (मजाक) नगर्नु।
«धेरै हाँस्नु हुँदैन; किनकि अत्यधिक हाँस्नुले हृदयलाई मृत (कठोर) बनाउँछ।»
(तिर्मिजी र इब्ने माजा)