म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
أتيتُ النبيَّ صلى الله عليه وسلم أُريدُ الإسلامَ، فأَمَرَني أن أغتَسِلَ بماءٍ وسِدرٍ.
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए अनि उहाँले उनलाई पानी र बेरीको पातले नुहाउन आदेश दिनुभयो, किनकि बेरीका पातहरू सफा गर्न प्रयोग गरिन्छ साथै यसबाट मिठो बास्ना पनि आउँछ ।
इस्लाम ग्रहण गर्दा गैर-मुस्लिमलाई नुहाउन शरीयतले आदेश दिएको छ ।
इस्लाम एक सर्वोच्च धर्म हो, जसले शरीर र आत्मा दुवैको ख्याल राख्छ ।
शुद्ध र पवित्र चीजहरू पानीमा मिसाउँदा त्यस पानीबाट पवित्रता हासिल गर्ने क्षमता गुम्दैन।
सफाईको लागि प्रयोग गरिने आधुनिक वस्तुहरू, जस्तै साबुनलाई बेरी पातहरूको विकल्प मानिन्छ ।
सुनन अबी दाउद (1/ 266) (355).
सुनन् तिर्मिजी (1/ 595) (605).
सुनन् निसाई (1/ 109) (188).
थप (3)
معالم السنن (1/111).
ذخيرة العقبى (4/131).
شرح سنن أبي داود للعباد (54/ 10).