Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
""तिमीहरूमध्ये जो कोही शुक्रबारको नमाज पढ्न आउँछ उसले स्नान गर्नुपर्छ।"
सही मुत्तफकुन अलैहि
"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
सही मुत्तफकुन अलैहि
"प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।"
सही मुत्तफकुन अलैहि
"मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि स्नानको पानी तयार गरिदिएँ, अनि एउटा कपडाले उहाँलाई छेकिदिएँ। उहाँले आफ्नो दुवै हातमाथि पानी खन्याएर तिनलाई धुनुभयो, त्यसपछि दाहिने हातले बायाँ हातमाथि पानी खन्याएर आफ्नो लज्जास्थान धुनुभयो, अनि आफ्नो हात जमिनमा दलेर त्यसलाई धुनुभयो। त्यसपछि कुल्ली गर्नुभयो, नाकमा पानी हाल्नुभयो, आफ्नो अनुहार र दुवै हात कुहिनासम्म धुनुभयो, त्यसपछि टाउकोमाथि पानी हालेर सम्पूर्ण शरीरमा खन्याउनुभयो, त्यसपछि आफ्नो स्थानबाट अलि पर सरेर आफ्नो दुवै खुट्टा धुनुभयो । मैले उहाँलाई एउटा कपडा ल्याइदिएँ तर उहाँले नलिई हातले पानी पुछ्न थाल्नुभयो । "
सही मुत्तफकुन अलैहि
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
सही बुखारीले वर्णन गरेका छन्