यदि महिनावारी भएकी वा सुत्केरी महिला असरको समयमा शुद्ध हुन्छिन् भने, उनले जोहर र असरको नमाज सँगै पढ्नु पर्ने हुन्छ कि केवल असरको नमाज पढे पुग्छ?
السؤال
प्रश्न १:
यदि महिनावारी भएकी वा सुत्केरी महिला असरको समयमा शुद्ध हुन्छिन् भने, उनले जोहर र असरको नमाज सँगै पढ्नु पर्ने हुन्छ कि केवल असरको नमाज पढे पुग्छ?
س12: إذا طهرت الحائض أو النّفساء وقت العصر، فهل تلزمها صلاة الظّهر مع العصر، أو لا يلزمها سوى العصر فقط؟
الجواب
उत्तर १:
यस विषयमा प्रबल (राजेह) भनाइ : महिलाले केवल असरको नमाज पढ्नु पर्ने हुन्छ; किनभने जोहरको नमाज उसमाथि अनिवार्य हुने कुनै स्पष्ट प्रमाण छैन। इस्लामी विधिको मूल सिद्धान्त अनुसार व्यक्ति तबसम्म कुनै धार्मिक जिम्मेवारीमा आबद्ध हुँदैन जबसम्म त्यसको लागि स्पष्ट प्रमाण नहोस्। नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भनेका छन्:
“जसले सूर्यास्त हुनुभन्दा अघि असरको एक रकअत पाउँछ, उसले असरको नमाज पाएको हुन्छ।”
यस हदीसमा जोहर नमाजको कुनै उल्लेख छैन। यदि जोहरको नमाज पनि अनिवार्य हुन्थ्यो भने नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यो कुरा स्पष्ट रूपमा बताउनु हुन्थ्यो। त्यसैगरी, यदि कुनै महिलालाई जोहरको समय सुरु भएपछि महिनावारी आयो भने, विधि अनुसार, उनले केवल जोहरको नमाजको कजा मात्र पढ्नु पर्ने हुन्छ; असरको नमाजको कजा पढ्नुपर्ने हुँदैन, जबकि सही आवश्यकता अनुसार जोहर र असरलाई एकैसाथ (जमाअ) गरेर पढ्न सकिन्छ। यस अवस्था र प्रस्तुत प्रश्नमा कुनै भिन्नता छैन।
अतः सही भनाइ के छ भने महिलाले केवल असरको नमाज मात्र पढ्नु पर्ने हुन्छ; किनभने धार्मिक प्रमाण र तर्क दुबैले यसलाई समर्थन गर्छन्। यसै अनुरूप, यदि महिला इशाको समय समाप्त हुनु अघि शुद्ध हुन्छिन् भने, उनले केवल इशाको नमाज मात्र पढ्नु पर्नेहुन्छ, मग्रिबको नमाज पढ्नुपर्ने हुँदैन।
ﺟ12: القول الراجح في هذه المسألة: أنه لا يلزمها إلا العصر فقط؛ لأنه لا دليل على وجوب صلاة الظّهر، والأصل براءة الذّمة، ثم إن النبي ﷺ قال:
«مَنْ أَدْرَكَ رَكْعَةً مِنَ الْعَصْرِ قَبْلَ أَنْ تَغْرُبَ الشَّمْسُ فَقَدْ أَدْرَكَ الْعَصْرَ» [1]،
ولم يذكر أنه أدرك الظّهر، ولو كان الظّهر واجبًا لبينه النبيّ ﷺ، ولأن المرأة لو حاضت بعد دخول وقت الظّهر لم يلزمها إلا قضاء صلاة الظّهر دون صلاة العصر، مع أن الظّهر تجمع إلى العصر، ولا فرق بينها وبين الصّورة التي وقع السّؤال عنها.
[2] البخاري، كتاب الصوم، باب الحائض تترك الصوم والصلاة (1951).
وعلى هذا يكون القول الراجح أنه لا يلزمها إلا صلاة العصر فقط؛ لدلالة النصّ والقياس عليها، وكذلك الشأن فيما لو طهرت قبل خروج وقت العشاء، فإنه لا يلزمها إلا صلاة العشاء، ولا تلزمها صلاة المغرب.