Skip to content

रमजानको समयमा गर्भवती महिलालाई रक्तस्राव भएमा उनको रोजामा के प्रभाव पर्छ?

السؤال

प्रश्न १:

रमजानको समयमा गर्भवती महिलालाई रक्तस्राव भएमा उनको रोजामा के प्रभाव पर्छ?

س14: نزول الدم من الحامل في نهار رمضان، هل يؤثّر على صومها؟

الجواب

उत्तर १:

यदि कुनै महिलालाई रोजा बसिरहेको अवस्थामा महिनावारी को रगत निस्कियो भने उनको रोजा भङ्ग हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ अनुसार:

"के यो सत्य होइन, जब उनी महिनावारी हुन्छिन्, उनी प्रार्थना वा उपवास गर्दिनन्?"

त्यसैले, महिनावारीलाई रोजा भङ्ग हुने कारणहरूमा गणना गरिन्छ। सुत्केरी अवस्थाको रगत (निफास) को हकमा पनि यही नियम लागू हुन्छ; महिनावारी वा निफासको रगत निस्केमा रोजा भङ्ग हुन्छ।

रमजानको समयमा गर्भवती महिलाले रगत निस्केको देखेमा यदि यो रगत महिनावारीको हो भने, यसले गैर-गर्भवती महिलाको महिनावारी जस्तै उनको रोजालाई प्रभावित गर्छ, अर्थात् रोजा भङ्ग हुन्छ। तर यदि यो रगत महिनावारीको होइन भने, यसले उनको रोजालाई प्रभावित गर्दैन।

कहिलेकाहीँ गर्भावस्थामा पहिलाको सामान्य अवस्था जस्तै रजस्वला हुने गर्छ, त्यसलाई पनि प्रबल धार्मिक मतअनुसार, यस्तो अवस्थामा बगेको रगतलाई महिनावारी नै मानिन्छ र यसमा महिनावारी प्रति सबै नियमहरू लागू हुन्छन्।

तर, यदि गर्भवती महिलाको महिनावारी पहिले रोकिएको थियो र त्यसपछि उनले असामान्य रूपमा रगत देखेमा, त्यो रगतले उनको रोजालाई प्रभावित गर्दैन। किनभने त्यस रगतलाई महिनावारी मानिँदैन।

ﺟ14: إذا خرج دم الحيض والأنثى صائمةٌ فإن صومها يفسد؛ لقول النبيّ ﷺ:

«أَلَيْسَ إِذَا حَاضَتْ لَمْ تُصَلِّ، وَلَمْ تَصُمْ؟» [1]

ولهذا نعدّه من المفطّرات، والنّفاس مثله، وخروج دم الحيض والنّفاس مفسدٌ للصوم.

[3] البخاري، كتاب الصوم، باب الحائض تترك الصوم والصلاة (1951).

ونزول الدم من الحامل في نهار رمضان إذا كان حيضًا فإنه كحيض غير الحامل، أي: يؤثّر على صومها، وإن لم يكن حيضًا فإنه لا يؤثّر.

والحيض الّذي يمكن أن يقع من الحامل هو أن يكون حيضًا مطردًا لم ينقطع عنها منذ حملت، بل كان يأتيها في أوقاتها المعتادة، فهذا حيضٌ على القول الراجح، يثبت له أحكام الحيض.

أما إذا انقطع الدم عنها، ثم صارت بعد ذلك ترى دمًا ليس هو الدم المعتاد، فإن هذا لا يؤثّر على صيامها؛ لأنه ليس بحيضٍ.