जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا اغْتَسَلَ مِنَ الجَنَابَةِ، غَسَلَ يَدَيْهِ، وَتَوَضَّأَ وُضُوءَهُ لِلصَّلاَةِ، ثُمَّ اغْتَسَلَ، ثُمَّ يُخَلِّلُ بِيَدِهِ شَعَرَهُ، حَتَّى إِذَا ظَنَّ أَنَّهُ قَدْ أَرْوَى بَشَرَتَهُ، أَفَاضَ عَلَيْهِ المَاءَ ثَلاَثَ مَرَّاتٍ، ثُمَّ غَسَلَ سَائِرَ جَسَدِهِ، وَقَالَتْ: كُنْتُ أَغْتَسِلُ أَنَا وَرَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مِنْ إِنَاءٍ وَاحِدٍ، نَغْرِفُ مِنْهُ جَمِيعًا.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) को स्नान गर्दा पहिले आफ्ना दुवै हात धुनुहुन्थ्यो । त्यसपछि उहाँले नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो । त्यसपछि आफ्नो शरीरमा पानी हाल्नुहुन्थ्यो। त्यसपछि आफ्नो दुवै हातले आफ्नो कपाललाई राम्ररी मलेर भित्रसम्म पानी पुर्याउनु हुन्थ्यो । कपालको जरासम्म पानी पुगेको र टाउको भिजेको महसुस हुँदा आफ्नो टाउकोमा तीन पटक पानी हालेर शरीरको बाँकी भाग धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्छिन्: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
ثُمَّ يُخَلِّلُ بِيَدَيْهِ شَعْرَهُ: التخليل هنا إدخال الأصابع المبتلة بين أجزاء الشعر.
أَنَّهُ قَدْ أَرْوَى بَشَرَتَهُ: أوصل الماء إلى أصول الشعر، والبشرة المرادة هنا: ظاهر الجلد المستور بالشعر.
स्नान दुई प्रकारको हुन्छ: एक, पर्याप्त हुने र अर्को, पूर्ण। पर्याप्त स्नानमा व्यक्तिले पवित्रताको नीयत गर्दछ, अनि मुख कुल्ला गर्ने र नाकमा पानी हालेर सफा गर्न साथ शरीरभरि पानी पुर्याउँछ। तर, पूर्ण स्नान त्यो तरिकाले गरिन्छ, जुन तरिकाले यस हदीसमा रसुल (सल्लल्लाहु अलैहि व सल्लम) ले गर्नुभयो।
जनाबत (अशुद्धता) भनिने अवस्था हरेक ती व्यक्तिमा लागू हुन्छ, जसको वीर्य निस्केको छ वा जसले सम्भोग कार्य गरेको छ, सम्भोग गर्दा वीर्य ननिस्के पनि जनाबतको अवस्थामा भएको मानिन्छ ।
पति पत्नीले एकअर्काको गोप्य अंगहरू हेर्नु र एउटै भाँडोमा नुहाउनु जायज छ ।
सही बुखारी (1/ 63) (272.
273).
थप (6)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 48).
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص62).
خلاصة الكلام شرح عمدة الأحكام.
لفيصل آل مبارك (ص33).
Cited in books
2 Booksथप (2)
- مشروع منهاج زادكزادك 1 طالب(كَانَ رَسُولُ اللهِ صلى الله عليه وسلم إِذَا اغتَسَلَ مِنَ الجَنَابَةِ غَسَلَ يَدَيهِ وَتَوَضَّأَ وُضُوءَهُ لِلصَّلَاةِ، ثُمَّ اغتَسَلَ، ثُمَّ يُخَلِّلُ بِيَدِهِ شَعرَهُ، حَتَّى إِذَا ظَنَّ أَنَّه قَد أَروَى بَشرَتَهُ، أَفَاضَ عَلَيهِ المَ
- نبراس طالب (2)نبراس طالب (2) عن أم المؤمنين عائشة ل قالت: «كَانَ رَسُولُ اللهِ صلى الله عليه وسلم إِذَا اغتَسَلَ مِنَ الجَنَابَةِ غَسَلَ يَدَيهِ وَتَوَضَّأَ وُضُوءَهُ لِلصَّلَاةِ، ثُمَّ اغتَسَلَ، ثُمَّ يُخَلِّلُ بِيَدِهِ شَعرَهُ، حَتَّى إِذَا ظَنَّ أَنَّه قَد أَروَى بَ