Skip to content

हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।"

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।"

كُنَّا عِنْدَ عُمَرَ فَقَالَ: «نُهِينَا عَنِ التَّكَلُّفِ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

उमर (रजियल्लाहु अन्हु) ले बताउनुभयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनावश्यक काम गर्न वा कठिनाइ भएको कुनै पनि कुरा भन्न वा गर्न निषेध गर्नुभएको छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा निषेध गरिएको तकल्लुफ (कठिनाइ) हरू भनेको धेरै प्रश्नहरू सोध्नु, थाहा नभएको कुरा गर्नु र अल्लाहले सहजता प्रदान गर्नुभएको कुरामा कडाई गर्नु आदि समावेश छ ।

मुसलमानलाई आफ्नो स्वभावमा सहनशीलता र विना बनावटीपन आफ्नो बोलचाल र व्यवहारमा अभ्यास गर्नुपर्छ, चाहे त्यो उसको खानामा हो, पिउनामा हो, वा उसको बोलचाल र अन्य सबै अवस्थाहरूमा।

इस्लाम एक सरल धर्म हो ।

श्रोतहरू

सही बुखारी (9/ 95) (7293).

थप (10)

نزهة المتقين.

لمصطفى الخن وغيره (2/ 1136).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 391).

فتح الباري شرح صحيح البخاري.

لابن حجر (13/ 270).

النهاية في غريب الحديث والأثر.

لابن الأثير (4/ 196).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص930).