जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन?
कतादह (रहेमहुल्लाह) ले वर्णन गरेका छन्:
अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
حَدَّثَنَا أَنَسُ بْنُ مَالِكٍ رَضِيَ اللهُ عَنْهُ أَنَّ رَجُلًا قَالَ: يَا نَبِيَّ اللهِ كَيْفَ يُحْشَرُ الْكَافِرُ عَلَى وَجْهِهِ؟ قَالَ: «أَلَيْسَ الَّذِي أَمْشَاهُ عَلَى الرِّجْلَيْنِ فِي الدُّنْيَا قَادِرًا عَلَى أَنْ يُمْشِيَهُ عَلَى وَجْهِهِ يَوْمَ الْقِيَامَةِ؟» قَالَ قَتَادَةُ: بَلَى وَعِزَّةِ رَبِّنَا.
कयामतको दिन काफिरहरूलाई उनीहरूको अनुहार द्वारा कसरी हिँडाइनेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: जसले मानिसलाई यस संसारमा दुई खुट्टा द्वारा हिंड्न सक्ने बनायो, के उहाँ पुनरुत्थानको दिन उसलाई अनुहार द्वारा हिड्न सक्ने बनाउन सक्षम हुनुहुन्न?" निस्सन्देह, अल्लाह सर्वशक्तिमान सबै कुरामा सक्षम हुनुहुन्छ ।
...:
न्यायको दिन काफिरको अपमान गरिनेछ र ऊ आफ्नो अनुहार द्वारा हिँड्नेछ ।
सही बुखारी (8/ 109) (6523).
सही मुस्लिम (4/ 2161) (2806).
थप (4)
الإفصاح عن معاني الصحاح (5/200).
فتح الباري (11/382).
عمدة القاري شرح صحيح البخاري (23/ 105).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (43/ 454).