Skip to content

जब तिमीहरू अल्लाहसँग माग्दछौ, तब 'फिरदौस'को याचना गर।

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"स्वर्गमा सयवटा दर्जाहरू छन्, जसमध्ये प्रत्येक दुई दर्जाबीचको दूरी आकाश र पृथ्वीबीचको दूरी जत्तिको छ। अनि 'फिरदौस' त्यसको सबैभन्दा उच्च दर्जा हो, जहाँबाट स्वर्गका चारवटा नदीहरू बग्दछन्। त्यसको माथि अर्श (सिंहासन) छ। त्यसैले जब तिमीहरू अल्लाहसँग माग्छौ, तब 'फिरदौस' नै माग्ने गर।"

«فِي الجَنَّةِ مِائَةُ دَرَجَةٍ مَا بَيْنَ كُلِّ دَرَجَتَيْنِ كَمَا بَيْنَ السَّمَاءِ وَالأَرْضِ، وَالْفِرْدَوْسُ أَعْلاَهَا دَرَجَةً وَمِنْهَا تُفَجَّرُ أَنْهَارُ الجَنَّةِ الأَرْبَعَةُ، وَمِنْ فَوْقِهَا يَكُونُ العَرْشُ، فَإِذَا سَأَلْتُمُ اللَّهَ فَسَلُوهُ الفِرْدَوْسَ».

तिर्मीजीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि परलोकको स्वर्गमा एक सय वटा दर्जाहरू छन्, जसका प्रत्येक दुई दर्जा बीचको दुरी आकाश र पृथ्वी बीचको दुरी जति छ। यी स्वर्गहरूमध्ये सबैभन्दा उच्च दर्जा 'जन्नतुल फिर्दाैस' हो, जहाँबाट स्वर्गका चारवटा नदीहरू प्रवाहित हुन्छन् र फिर्दाैसको ठीक माथि अर्श (सिंहासन) रहेको छ; तसर्थ, जब तिमीहरू अल्लाहसँग स्वर्गको प्रार्थना गर्दछौ, तब फिर्दाैसकै प्रार्थना गर्ने गर; किनकि यो सम्पूर्ण स्वर्गहरू भन्दा माथि अवस्थित छ।

हदीसका केही फाइदाहरू

स्वर्गवासीहरूले प्राप्त गर्ने दर्जा र स्थान उनीहरूको आस्था र सत्कर्मअनुसार एकअर्काभन्दा फरक-फरक हुनेछ।

स्वर्गको उच्चतम स्तर फिरदौसका लागि अल्लाहसँग प्रार्थना गर्न प्रोत्साहन दिइएको छ।

फिरदौस स्वर्गको उच्चतम र सर्वश्रेष्ठ स्तर हो।

हरेक मुसलमानको लक्ष्य उच्च हुनुपर्दछ र उसले महान अल्लाहकहाँ उच्चतम र श्रेष्ठ स्थान प्राप्त गर्न संघर्ष र प्रार्थना गर्नुपर्दछ।

स्वर्गका चारवटा नदीहरू पानी, दूध, मदिरा र महका हुन्, जसको उल्लेख कुरआनमा अल्लाहको यो भनाइमा गरिएको छ: {त्यस स्वर्गको विशेषता, जसको वाचा ईशभय राख्नेहरूसँग गरिएको छ, त्यहाँ नबिग्रिने (सधैं ताजा रहने) पानीका नदीहरू छन्; र स्वाद परिवर्तन नहुने दूधका नदीहरू छन्; र पिउनेहरूका लागि स्वादिष्ट मदिराका नदीहरू छन्; र शुद्ध पारिएको महका नदीहरू छन्} [सूरत मुहम्मद: १५]।

श्रोतहरू

सुनन् तिर्मिजी (4/ 259) (2538).

थप (2)

الكاشف عن حقائق السنن (11/3565).

تحفة الأحوذي (7/ 207).