यदि कुनै महिनावारी भएकी वा सुत्केरी महिला फज्र को समयअघि नै शुद्ध हुन्छिन्, तर उनले फजरको समयपछि मात्र स्नान गर्छिन् भने, उनको व्रत वैध हुन्छ कि हुँदैन?
السؤال
प्रश्न १:
यदि कुनै महिनावारी भएकी वा सुत्केरी महिला फज्र को समयअघि नै शुद्ध हुन्छिन्, तर उनले फजरको समयपछि मात्र स्नान गर्छिन् भने, उनको व्रत वैध हुन्छ कि हुँदैन?
س7: إذا طهرت الحائض أو النّفساء قبل الفجر، ولم تغتسل إلا بعد الفجر، فهل يصحّ صومها، أو لا؟
الجواب
उत्तर १:
हो, यदि कुनै महिला महिनावारीबाट फज्र हुनु अघि नै शुद्ध हुन्छिन्, तर स्नान फज्रको समय भइसकेपछि मात्र गर्छिन् भने, त्यस अवस्थामा उनको रोजा वैध हुन्छ। निफास (सुत्केरी) महिलाको हकमा पनि यही नियम लागू हुन्छ; किनभने यो जनाबत (यौन सम्पर्क वा स्वप्नदोषका कारण अनिवार्य गुस्लको अवस्था) सँग मिल्दछ र उसको रोजा योग्य मानिनेछ ।
यसको प्रमाण अल्लाहको यो वचन रहेको छ: "अब तिमीहरूले आफ्ना पत्नीहरूसँग सहवास गर्न सक्छौ र अल्लाहले तिमीहरूका लागि निर्धारित गरेको कुरा खोज। फज्रको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट नदेखिएसम्म खाऊ र पिऊ ।" (सूरह अल-बकरह: १८७)
यस श्लोकमा अल्लाहले फजरको समय नहुन्जेल सहवासको अनुमति दिनुभएकाले के स्पष्ट हुन्छ भने फजरको समय भए पछि पनि स्नान गर्न सकिन्छ। यसका अतिरिक्त, आमा आयशा (रदियल्लाहु अन्हा) बाट उल्लेख भएअनुसार, नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना पत्नीहरूसँग सहवास गरी बिहान जनाबतको अवस्थामै रोजा राख्नुहुन्थ्यो।
यसको अर्थ, उहाँले जनाबतबाट गुसल फज्रको समयपछि मात्र गर्नुहुन्थ्यो।
ﺟ7: نعم، يصحّ صوم المرأة الحائض إذا طهرت قبل الفجر، ولم تغتسل إلا بعد طلوع الفجر، وكذلك النّفساء؛ لأنها حينئذٍ من أهل الصوم، وهي شبيهةٌ بمن عليه جنابةٌ، إذا طلع الفجر وهو جنبٌ فإن صومه يصحّ؛ لقوله تعالى:
﴿...فَٱلۡـَٰٔنَ بَٰشِرُوهُنَّ وَٱبۡتَغُواْ مَا كَتَبَ ٱللَّهُ لَكُمۡۚ وَكُلُواْ وَٱشۡرَبُواْ حَتَّىٰ يَتَبَيَّنَ لَكُمُ ٱلۡخَيۡطُ ٱلۡأَبۡيَضُ مِنَ ٱلۡخَيۡطِ ٱلۡأَسۡوَدِ مِنَ ٱلۡفَجۡرِ...﴾
[البقرة:187]،
وإذا أذن الله تعالى بالجماع إلى أن يتبين الفجر لزم من ذلك ألّا يكون الاغتسال إلا بعد طلوع الفجر، ولحديث عائشة رضي الله عنها
«أَنَّ النَّبِيَّ ﷺ كَانَ يُصْبِحُ جُنُبًا مِنْ جِمَاعِ أَهْلِهِ وَهُوَ صَائِمٌ» [1].
أي: أنه عليه الصلاة والسلام لا يغتسل عن الجنابة إلا بعد طلوع الصّبح.
[1] البخاري، كتاب الصوم، باب اغتسال الصائم (1931)، ومسلم، كتاب الصوم، باب صحة صوم من طلع عليه الفجر وهو جنب (75) (1109).