"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ
"अली (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ: "म यस्तो व्यक्ति थिएँ कि जब मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुनेँ (मैले तुरुन्तै विश्वास गरे) र अल्लाहले मलाई त्यसबाट जति चाहनुभयो, त्यति नै लाभ प्रदान गर्नुभयो। र जब कुनै सहाबा (साथी) ले मलाई हदीस सुनाउनुहुन्थ्यो, म उहाँलाई कसम खान आग्रह गर्थे। जब उहाँले कसम खानुहुन्थ्यो, म उहाँको कुरामा विश्वास गर्दथेँ। एक चोटि, अबु बक्र (रजियल्लाहु अन्हु) ले मलाई एक हदीस सुनाउनुभयो, र निश्चय नै अबु बक्रले सत्य बोल्नुभयो। उहाँले भन्नुभयो: 'मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भनिरहेको सुनेँ:
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
«مَا مِنْ رَجُلٍ يُذْنِبُ ذَنْبًا، ثُمَّ يَقُومُ فَيَتَطَهَّرُ، ثُمَّ يُصَلِّي، ثُمَّ يَسْتَغْفِرُ اللهَ، إِلَّا غَفَرَ اللهُ لَهُ»، ثُمَّ قَرَأَ هَذِهِ الْآيَةَ: {وَالَّذِينَ إِذَا فَعَلُوا فَاحِشَةً أَوْ ظَلَمُوا أَنْفُسَهُمْ ذَكَرُوا اللهَ فَاسْتَغْفَرُوا لِذُنُوبِهِمْ} [آل عمران: 135].
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि राम्रोसँग वुजू गर्छ र त्यसपछि उभिएर आफ्नो पापको पश्चात्ताप गर्ने मनसायले दुई रकात नमाज पढ्छ र अल्लाहसँग क्षमायाचना गर्छ भने अल्लाहले उसलाई क्षमा गरिदिनु हुन्छ। त्यसपछि अल्लाहको रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो: {र, उनीहरूले कुनै अश्लील कार्य गरेमा वा आफैंमाथि अन्याय गरेमा अल्लाहलाई स्मरण गरेर आफ्ना पापहरूका लागि क्षमायाचना गर्छन् । र, अल्लाहबाहेक कसले पापलाई क्षमा गर्न सक्छ र ? र, उनीहरू जानी-जानी आफ्नो कुकर्ममा हठ गर्दैनन् ।} [आलि-इम्रान: १३५]
استحلفته: جعلته يقسم بأنه سمعه من النبي عليه الصلاة والسلام.
यसमा पाप गरेपछि नमाज पढ्न र क्षमा याचना गर्न प्रोत्साहित गरिएको छ।
अल्लाह सर्वशक्तिमान, अत्यन्तै क्षमाशील हुनुहुन्छ र आफ्नो भक्तको पश्चात्ताप र क्षमा याचना सदा स्वीकार गर्नुहुन्छ।
सुनन अबी दाउद (2/ 630) (1521).
सुनन् तिर्मिजी (1/ 431) (406).
सुनन् कुब्रा लिन्निसाई (10/ 51) (11012).
सुनन् इब्ने माजह (2/ 403) (1395).
मुस्नद अहमद (1/ 179) (2).
थप (2)
فتح الباري لابن حجر (11/ 99).
النهاية في غريب الحديث والأثر (ص 674).