Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

16 of 683 cards

Clear filters
अन्तिम समयमा यस्ता मानिसहरू आउनेछन्, जो कम उमेरका र कम बुद्धि भएका हुनेछन्। उनीहरूको बोलीमा सृष्टिको सबैभन्दा उत्तम वाणी त हुनेछ; तर उनीहरू इस्लामबाट यसरी बाहिरिनेछन्, जसरी बाण निशाना (सिकार) लाई छेडेर बाहिर निस्कन्छ।उनीहरूको आस्था उनीहरूको घाँटी (कण्ठ) भन्दा तल झर्ने छैन। तसर्थ, तिमीहरूले उनीहरूलाई जहाँ पनि भेट्छौ, मार्नु; किनकि उनीहरूलाई मार्ने व्यक्तिका लागि कियामतको दिन प्रतिफल हुनेछ।"
सही मुत्तफकुन अलैहि
"मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए । जब म तिमीहरूलाई कुनै कुराबाट रोक्छु, त्यसबाट टाढै बस र जब कुनै कुरा गर्न आदेश दिन्छु, सकेसम्म त्यसलाई गर ।"
सही मुत्तफकुन अलैहि
"उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो। यही दिन आदम (अलैहिस्सलाम) को सृष्टि गरियो, यही दिन उहाँलाई स्वर्गमा प्रवेश गराइयो, यही दिन उहाँलाई स्वर्गबाट निकालियो र कयामत पनि जुमाको दिनमा नै आउनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक पनि मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
सही अबू दाऊदले वर्णन गरेका छन्
बनु आमिरको समूहसँग म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ। हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
सही अबू दाउद र अहमदले वर्णन गरेका छन्
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही मुत्तफकुन अलैहि
"होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
सही अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ।" सोधियो: हे अल्लाहका रसूल! इन्कार गर्नेहरू को हुनेछन्? उहाँले भन्नुभयो: "जसले मेरो आदेशको पालना गर्छ उसले स्वर्गमा प्रवेश गर्नेछ र जसले मेरो आज्ञा पालन गर्दैन उसले इन्कार गर्यो ।”
सही बुखारीले वर्णन गरेका छन्