السؤال
س١٩: ما هو التواضع؟
प्रश्न १९: विनम्रता (नम्रता) के हो?
الجواب
ج:هو أن لا يرى الإنسان نفسه على الناس، فلا يستحقر الناس ولا يرفض الحق.
- قال تَعَالَى:
﴿وَعِبَادُ الرَّحْمَنِ الَّذِينَ يَمْشُونَ عَلَى الْأَرْضِ هَوْنًا﴾
[الفرقان: ٦٣]،
أي: متواضعين.
- وقالَ رسولُ اللهِ ﷺ:
«وما تَواضَعَ أحَدٌ للهِ إلَّا رَفَعَهُ اللهُ»
رواه مسلم.
- وقال صلى الله عليه وسلم:
«إنَّ اللهَ أَوْحى إليَّ أنْ تَواضَعُوا، حتَّى لا يَفخَرَ أحَدٌ على أحَدٍ، ولا يَبْغيَ أحَدٌ على أحَدٍ»
उत्तर: विनम्रता (नम्रता) भनेको मानिसले आफूलाई अरूभन्दा ठूलो नठान्नु हो। उसले मानिसहरूलाई तुच्छ नठान्ने र सत्यलाई अस्वीकार नगर्ने स्वभाव हो।
अल्लाह तआलाले भन्नुभएको छः
{रहमान (अल्लाह) का भक्तहरू ती हुन्, जो पृथ्वीमा विनम्रतापूर्वक हिँड्छन्।}
[अल्-फुरकान: ६३]
अर्थात्: विनम्र (नम्र) मानिसहरू।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:
«जो अल्लाहका लागि विनम्र बन्छ, अल्लाहले उसलाई अवश्य उच्च स्थानमा उठाउनुहुन्छ।»
(मुस्लिम)
- उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«निश्चय नै अल्लाहले मलाई वह्य (प्रकाशना) गर्नुभएको छ, तिमीहरू विनम्र बन, ताकि कसैले कसैमाथि घमण्ड नगरोस् र कोही पनि कोहीमाथि अन्याय/अत्याचार नगरोस्।»