Skip to content

ईमानका स्तम्भहरूको अर्थ के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س15: ما معنى أركان الإيمان؟

प्रश्न १५: ईमानका स्तम्भहरूको अर्थ के हो?

الجواب

ج:الإيمان بالله تَعَالَى:

أن تؤمن بأن الله هو الذي خلقك ورزقك، وهو المالك والمدبر وحده للمخلوقات.

وهو المعبود، لا معبود بحقٍّ سواه. الذي له الخلق والأمر، والحكم والتشريع وحده لا شريك له.

وأنه العظيم الكبير الكامل الذي له الحمد كله، وله الأسماء الحسنى والصفات العُلى، ليس له ند، ولا يشبهه شيء سُبْحَانَهُ.

الإيمان بالملائكة:

وهي مخلوقات خلقها الله من نور، لعبادته وللانقياد التام لأمره.

  • قال تعالى:

﴿بَلۡ عِبَاد مُّكۡرَمُونَ *

لَا يَسۡبِقُونَهُۥ بِٱلۡقَوۡلِ وَهُم بِأَمۡرِهِۦ يَعۡمَلُونَ﴾

[الأنبياء: ٢٦-٢٧].

  • وقال عليه الصلاة والسلام:

«خُلِقَتِ الْمَلَائِكَةُ مِنْ نُورٍ»

رواه مسلم.

  • ومنهم جبريل عَلَيْهِ السَّلَامُ الذي ينزل بالوحي على الأنبياء.

قال تعالى:

﴿وَإِنَّهُۥ لَتَنزِيلُ رَبِّ ٱلۡعَٰلَمِينَ *

نَزَلَ بِهِ ٱلرُّوحُ ٱلۡأَمِينُ *

عَلَىٰ قَلۡبِكَ لِتَكُونَ مِنَ ٱلۡمُنذِرِينَ *

بِلِسَانٍ عَرَبِيّٖ مُّبِينٖ﴾

[الشعراء: ١٩٢-١٩٥].

الإيمان بالكتب:

وهي الكتب التي أنزلها الله على رسله.

  • كالقرآن: على محمد صلى الله عليه وسلم.
  • الإنجيل: على عيسى عَلَيْهِ السَّلَامُ.
  • التوراة: على موسى عَلَيْهِ السَّلَامُ.
  • الزبور: على داود عَلَيْهِ السَّلَامُ.
  • صحف إبراهيم وموسى: على إبراهيم وموسى عليهما السلام.

الإيمان بالرسل:

وهم من أرسلهم الله إلى عباده ليعلموهم، ويبشروهم بالخير والجنة، وينذروهم عن الشر والنار.

وأفضلهم: أولو العزم، وهم:

  • نوح عَلَيْهِ السَّلَامُ.
  • إبراهيم عَلَيْهِ السَّلَامُ.
  • موسى عَلَيْهِ السَّلَامُ.
  • عيسى عَلَيْهِ السَّلَامُ.
  • محمد صلى الله عليه وسلم.

الإيمان باليوم الآخر:

وهو ما بعد الموت في القبر، ويوم القيامة، ويوم البعث والحساب، حيث يستقر أهل الجنة في منازلهم وأهل النار في منازلهم.

﴿كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۗ وَإِنَّمَا تُوَفَّوۡنَ أُجُورَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۖ فَمَن زُحۡزِحَ عَنِ ٱلنَّارِ وَأُدۡخِلَ ٱلۡجَنَّةَ فَقَدۡ فَازَۗ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ﴾

[آلِ عِمۡرَانَ: ١٨٥].

الإيمان بالقدر خيره وشره:

  • القدر: هو الاعتقاد بأن الله يعلم كل شيء يقع في الكون، وأنه كتب ذلك في اللوح المحفوظ، وشاء وجوده وخلقه.

قال تَعَالَى:

﴿إِنَّا كُلَّ شَيۡءٍ خَلَقۡنَٰهُ بِقَدَرٖ﴾

[القمر: ٤٩].

  • وهو على أربع مراتب:

الأولى: علم الله تَعَالَى، ومن ذلك علمه المسبق لكل شيء، قبل وقوع الأشياء وبعد وقوعها.

دليلها: قوله تَعَالَى:

﴿إِنَّ ٱللَّهَ عِندَهُۥ عِلۡمُ ٱلسَّاعَةِ وَيُنَزِّلُ ٱلۡغَيۡثَ وَيَعۡلَمُ مَا فِي ٱلۡأَرۡحَامِۖ وَمَا تَدۡرِي نَفۡسٞ مَّاذَا تَكۡسِبُ غَدٗاۖ وَمَا تَدۡرِي نَفۡسُۢ بِأَيِّ أَرۡضٖ تَمُوتُۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرُۢ﴾

[لقمان: 34].

الثانية: أن الله كتب ذلك في اللوح المحفوظ، فكل شيء وقع وسيقع فهو مكتوب عنده في كتاب.

﴿۞ وَعِندَهُۥ مَفَاتِحُ ٱلۡغَيۡبِ لَا يَعۡلَمُهَآ إِلَّا هُوَۚ وَيَعۡلَمُ مَا فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِۚ وَمَا تَسۡقُطُ مِن وَرَقَةٍ إِلَّا يَعۡلَمُهَا وَلَا حَبَّةٖ فِي ظُلُمَٰتِ ٱلۡأَرۡضِ وَلَا رَطۡبٖ وَلَا يَابِسٍ إِلَّا فِي كِتَٰبٖ مُّبِينٖ﴾

[الأنعام: 59].

الثالثة: وهو أن كل شيء يقع بمشيئة الله ولا يقع شيء منه أو من خلقه إلا بمشيئته تَعَالَى.

والعبد له اختيار وله إرادة وله مشيئة، لكن هذه الإرادة وهذه المشيئة لا تقع إلا بعد مشيئة الله سبحانه وتعالى.

﴿لِمَن شَآءَ مِنكُمۡ أَن يَسۡتَقِيمَ 28

وَمَا تَشَآءُونَ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ 29﴾

[التكوير: 28 - 29].

الرابعة: الإيمان أن جميع الكائنات مخلوقة خلقها الله، وخلق ذواتها وصفاتها وحركاتها، وكل شيء فيها.

﴿وَٱللَّهُ خَلَقَكُمۡ وَمَا تَعۡمَلُونَ﴾

[الصافات: 96].

उत्तर: अल्लाह तआलामाथि ईमान ल्याउनु:

अल्लाह नै हुन् जसले तिमीलाई सृष्टि गर्नुभएको हो, जीविकोपार्जन गर्नुभएको हो, उहाँ नै सम्पूर्ण सृष्टिका एकमात्र मालिक र व्यवस्थापक हुनुहुन्छ।

उहाँ नै उपास्य हुनुहुन्छ, उहाँबाहेक कोही वास्तविक उपास्य छैन, सृष्टि गर्नु, आदेश दिनु, निर्णय गर्नु र कानून बनाउनु केवल उहाँकै काम हो र उहाँको कुनै साझेदार छैन भनेर विश्वास गर्नु।

उहाँ महान्, सर्वोच्च र पूर्ण हुनुहुन्छ, जसका लागि सम्पूर्ण प्रशंसाहरू छन्। उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्। उहाँको कुनै प्रतिद्वन्द्वी छैन र उहाँ जस्तो केही पनि छैन, उहाँ पवित्र हुनुहुन्छ।

फरिश्ताहरूमाथि ईमान ल्याउनु:

प्रकाशबाट सृष्टि गरिएका एक प्राणी हुन्, अल्लाहले आफ्नो उपासना गर्न र आफ्नो आदेशको पूर्ण रूपमा पालन गर्नका लागि तिनीहरूलाई सृष्टि गर्नुभएको हो।

अल्लाह तआलाले भन्नुभएको छः

{बरू उनीहरू अल्लाहका प्रतिष्ठित भक्तहरू हुन्।*

तिनीहरू उहाँभन्दा अगाडि बढेर केही बोल्दैनन् र उहाँको आदेशअनुसार नै काम गर्छन्।}

[अल्-अम्बिया: २६-२७]

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः

"फरिश्ताहरू प्रकाशबाट सृष्टि गरिएका हुन्।"

(मुस्लिम)

  • तीमध्ये जिब्राईल (अलैहिस्सलाम) हुन्, जो वही (ईश्वरीय सन्देश) लिएर नबिहरूकहाँ आउँछन्।

{वास्तवमा, यो संसारका पालनकर्ताको तर्फबाट अवतरित (ग्रन्थ) हो।*

यसलाई रूहुल अमीन (जिब्रईल) ले लिएर अवतरित भएका हुन्।*

तपाईंको हृदयमा, ताकि तपाईं चेतावनी दिनेहरूमध्ये हुनुहोस्।*

जुन स्पष्ट अरबी भाषामा रहेको छ।}

[अश-शुअरा: १९२-१९५]

किताबहरूमाथि आस्था राख्नु:

ती किताबहरू हुन्, जसलाई अल्लाहले आफ्ना रसूलहरू माथि अवतरण गर्नुभयो।

  • जस्तै; कुरआन: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि।
  • इन्जील (बाइबल): ईसा (अलैहिस्सलाम) माथि।
  • तौरात: मूसा (अलैहिस्सलाम) माथि।
  • जबूर: दाऊद (अलैहिस्सलाम) माथि।
  • सुहुफ इब्राहीम र मूसा: इब्राहीम र मूसा (अलैहिमस्सलाम) माथि।

रसूलहरूमाथि ईमान ल्याउनु:

उनीहरू ती संदेष्टाहरू हुन् जसलाई अल्लाहले आफ्ना भक्तहरू तर्फ पठाउनुभयो, ताकि उनीहरूले मानिसहरूलाई ज्ञान देउन्, भलाइ र स्वर्गको शुभ समाचार सुनाउन्, खराबी, दुष्टता र नर्कबाट चेतावनी देउन्।

तिनीहरू (रसूलहरू) मध्ये सबैभन्दा श्रेष्ठ: उलुल अज्म (दृढ संकल्प भएका रसूलहरू) हुन्, र ती हुन्:

  • नूह (अलैहिस्सलाम)।
  • इब्राहीम (अलैहिस्सलाम)।
  • मूसा (अलैहिस्सलाम)।
  • ईसा (अलैहिस्सलाम)।
  • मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)।

अन्तिम दिनमाथि ईमान ल्याउनु:

यो मृत्यु पछि हुने कुराहरू हुन्, कब्र (चिहान) को अवस्था, कियामतको दिन, पुनर्जीवन (बअस) र हिसाब-किताबको दिन; जहाँ जन्नतका बासिन्दाहरू आफ्ना स्थानहरूमा बस्नेछन् र नरकका बासिन्दाहरू आफ्ना स्थानहरूमा बस्नेछन्।

{प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नेछ। निश्चय नै कियामतको दिन तिमीहरूलाई तिम्रा पूरा प्रतिफल दिइनेछ। त्यसैले जसलाई आगो (नरक) बाट टाढा राखियो र जन्नतमा प्रवेश गराइयो, ऊ निश्चित रूपमा सफल भयो। यो सांसारिक जीवन भ्रमको आनन्द बाहेक अरू केही होइन।}

[आले इमरान: १८५]

राम्रो र नराम्रो भाग्यमाथि ईमान ल्याउनु:

तकदीर (भाग्य) को अर्थ: अल्लाहले ब्रह्माण्डमा हुने सबै कुराहरू जान्नुहुन्छ, उहाँले ती सबैलाई लौह महफूज (सुरक्षित पेटिका) मा लेख्नुभएको छ, उहाँले त्यसको अस्तित्व चाहनुभयो र त्यसलाई सृष्टि गर्नुभयो भनेर विश्वास गर्नु।

{हामीले प्रत्येक वस्तु निर्धारित रूपमा सृष्टि गरेका छौं।}

[कमर: ४९]

  • यसका चार श्रेणीहरू छन्:

पहिलो: अल्लाह तआलाको ज्ञान; जसमा सबै कुराको पूर्व ज्ञान, घटनाहरू हुनु अघि र पछिको ज्ञान समावेश छ।

यसको प्रमाण: अल्लाह तआलाको यो कथन हो:

{निश्चय नै, अल्लाहसँग कियामतको ज्ञान छ, उहाँ पानी बर्साउनुहुन्छ र गर्भहरूमा के छ त्यो जान्नुहुन्छ। कुनै प्राणीलाई थाहा छैन कि उसले भोलि के कमाउनेछ र ऊ कुन भूमिमा मर्नेछ। निश्चय नै अल्लाह सबै जान्नुहुन्छ र सबै कुराको खबर राख्नुहुन्छ।}

[लुकमानः ३४]

दोस्रो: अल्लाहले सबै कुरा लौहे महफूजमा लेख्नुभएको छ। त्यसैले जे भएको छ र जे भविष्यमा हुनेछ, सबै उहाँको किताबमा लेखिएको छ।

{उहाँसँग नै गैब (अदृश्य) का कुञ्जीहरू छन्, जसलाई उहाँ बाहेक कसैले जान्दैन। उहाँले जमिन र समुद्रमा भएका सबै कुरा जान्नुहुन्छ। कुनै पनि पात झर्दैन, तर उहाँ त्यसलाई जान्नुहुन्छ। पृथ्वीको अँध्यारोमा कुनै अन्न छैन र कुनै ओसिलो वा सुख्खा [कुरा] छैन जुन स्पष्ट किताबमा अंकित नहोस्।}

[अनआम्: १८]

तेस्रो: सबै कुरा अल्लाहको इच्छाअनुसार नै हुन्छ। हाँको इच्छा बिना न त उहाँबाट केही हुन्छ, न त उहाँका सृष्टिहरूबाट केही हुन्छ।

मानिस (भक्त) को आफ्नो इच्छा र चाहना हुन्छ, तर यो इच्छा र चाहना पनि अल्लाह सुब्हानहू व तआलाको इच्छापछि मात्र पूरा हुन्छ।

{तिमीहरूमध्ये जो कोही सोझो मार्गमा हिंड्न चाहन्छ, उसको लागि (यो मार्गदर्शन हो)।

तिमीहरूले चाहँदैनौ जबसम्म अल्लाहले चाहनुहुन्न; जो सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ।}

[तकवीरः २८-२९]

चौथो: सबै प्राणीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन् भनेर विश्वास गर्नु। अल्लाहले तिनीहरूको अस्तित्व, गुणहरू, चालचलन र उनीहरूमा भएका सबै कुराहरू सृष्टि गर्नुभएको हो।

{अल्लाहले तिमीहरूलाई र तिमीहरूले गर्ने कामहरूलाई सृष्टि गर्नुभयो।}

[अस्साफ्फातः ९६]