"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
«مَثَلُ الْمُؤْمِنِينَ فِي تَوَادِّهِمْ وَتَرَاحُمِهِمْ وَتَعَاطُفِهِمْ مَثَلُ الْجَسَدِ، إِذَا اشْتَكَى مِنْهُ عُضْوٌ تَدَاعَى لَهُ سَائِرُ الْجَسَدِ بِالسَّهَرِ وَالْحُمَّى».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो कि मुस्लिमहरूको आपसी सम्बन्ध कल्याण, दया, सहयोग र एकअर्काको पीडाप्रति संवेदनशीलतामा आधारित हुनुपर्छ, जस्तो कि एउटै शरीरको अवस्था हुन्छ —जब शरीरको कुनै एक अंगमा पीडा हुन्छ, तब सम्पूर्ण शरीर नै अनिद्रा र ज्वरोले प्रभावित हुन्छ।
...:
मुस्लिमहरूले एकअर्काप्रतिको अधिकारको सम्मान गर्दै, पारस्परिक सहयोग र करुणालाई बढावा दिनुपर्छ।
आस्थावानहरूबीच प्रेम र समर्थन कायम रहनुपर्छ।
सही बुखारी (8/ 10) (6011).
सही मुस्लिम (4/ 1999) (2586).
थप (9)
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 246).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 317).
كنوز رياض الصالحين.
مجموعة من الباحثين (4/ 405).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص173).
المعجم الوسيط (1/ 492).