अल्लाहले तोक्नुभएका निश्चित सजायहरू (हुदूद) बाहेक, अन्य कुनै मामिलामा कसैलाई दश कोर्राभन्दा बढी हान्न निषेध गरिएको छ।
अबू बुरदा अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने:
"अल्लाहले निर्धारण गर्नुभएको हद (शरई दण्ड) को अवस्थामा बाहेक कसैलाई पनि दश कोर्राभन्दा बढी कोर्रा हान्न मिल्दैन।"
«لَا يُجْلَدُ أَحَدٌ فَوْقَ عَشَرَةِ أَسْوَاطٍ إِلَّا فِي حَدٍّ مِنْ حُدُودِ اللهِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै ठूलो पाप वा अपराधको मामिलाबाहेक अन्य अवस्थामा कसैलाई पनि १० कोर्राभन्दा बढी हान्न मनाही गर्नुभएको छ। यहाँ (१० कोर्राको) अर्थ शरई (कानुनी) रूपमा निर्धारण गरिएका कोर्रा, प्रहार वा निश्चित सजायहरू होइनन्। यसको अर्थ त केवल अनुशासन र सुधारका लागि दिइने सामान्य सजायमा १० कोर्राभन्दा बढी बढाउनु हुँदैन भन्ने हो, जस्तै कि (गल्ती गर्दा) श्रीमती वा छोराछोरीलाई अनुशासनमा राख्न दिइने सजाय।
महान् अल्लाहले आदेश दिनुभएका वा निषेध गर्नुभएका कार्य-वस्तुहरू 'हुदूद' हुन्, तिनको उल्लङ्घनमा रोक लगाउन दण्डको व्यवस्था गरिएको छ। ती दण्डहरू या त शरीअतद्वारा निश्चितरूपमा तोकिएका हुन्छन्, वा तिनको निर्धारण शासकले सार्वजनिक हित लाई दृष्टिगत गरी आफ्नो विवेकअनुसार गर्दछ।
अनुशासनात्मक दण्ड (तअ्दीब) हल्को हुनुपर्छ, जसको उद्देश्य सुधार, मार्गदर्शन र आवश्यक सचेतना प्रदान गर्नु हो। यदि कहिलेकाहीँ शारीरिक दण्ड दिनैपर्ने परिस्थिति आए तापनि, त्यसमा दश कोराभन्दा बढी प्रहार गर्नु हुँदैन। तथापि सर्वोत्तम उपाय भनेको प्रहार नगरी नै शिक्षा, उचित मार्गदर्शन, सदुपदेश, सम्यक् परामर्श र प्रोत्साहनद्वारा सुधार गर्नु हो; किनकि यसले शिक्षा ग्रहण गर्न सजिलो बनाउँछ र सिकाइमा कोमलता तथा स्वीकार्यता ल्याउँछ। यस विषयमा मानिसहरूको अवस्था अत्यन्त भिन्न–भिन्न हुने हुँदा, प्रत्येक परिस्थितिमा सर्वाधिक उपयुक्त र हितकर उपाय अपनाउनु गर्नु आवश्यक छ।
सही बुखारी (8/ 174) (6850).
सही मुस्लिम (3/ 1332) (1708).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص677).
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (5/ 465).