Skip to content

"कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"

«يقالُ لصاحبِ القرآن: اقرَأ وارتَقِ، ورتِّل كما كُنْتَ ترتِّل في الدُنيا، فإن منزِلَكَ عندَ آخرِ آية تقرؤها».

अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सधैं कुरआन पढ्ने, त्यसलाई कण्ठ पार्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई, स्वर्गमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर। तिमीले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्थ्यौ, त्यसैगरी पढ्दै गर; तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार प्रदान गरिनेछ ।

यस हदीसमा कुर्आनको तिलावत (वाचन) गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कर्म गर्न प्रोत्साहन दिइएको छ ।

स्वर्गमा धेरै श्रेणी र स्तरहरू छन्, कुर्आनको ज्ञान प्राप्त गरेको मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।

श्रोतहरू

सुनन अबी दाउद (2/ 592) (1464).

सुनन् तिर्मिजी (5/ 35) (2914).

मुस्नद अहमद (11/ 403) (6799).

सुनन् कुब्रा लिन्निसाई (7/ 272) (8002).

थप (3)

معالم السنن (1/290).

تحفة الأحوذي (8/187).

عون المعبود وحاشية ابن القيم (4/ 237).