Skip to content

नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:

नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।

كَانَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَذْكُرُ اللهَ عَلَى كُلِّ أَحْيَانِهِ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरेक अवस्थामा अल्लाहलाई याद गर्नुहुन्थ्यो ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

अल्लाहको जिक्र (स्मरण) को लागि सानो र ठूलो अपवित्रताबाट शुद्ध हुनु शर्त होइन ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर अल्लाहको जिक्र (स्मरण) गर्नुहुन्थ्यो ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै हरेक परिस्थितिमा अल्लाहको धेरै जिक्र गर्न प्रेरणा । यद्यपि, ती अवस्थाबाहेक जसमा जिक्र गर्न निषेध गरिएको छ, जस्तै शौचालय जाँदाको अवस्थामा ।

श्रोतहरू

सही मुस्लिम (1/ 282) (373).

सही बुखारी (1/ 68).

(1/ 129).

थप (6)

توضيح الأحكام مِن بلوغ المرام.

للبسام (1/ 315).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (1/ 273).

مجموع فتاوى ومقالات.

لابن باز (26/ 17).