Skip to content

यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:

केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"

سَأَلَ أُنَاسٌ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنِ الْكُهَّانِ، فَقَالَ لَهُمْ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَيْسُوا بِشَيْءٍ» قَالُوا: يَا رَسُولَ اللهِ، فَإِنَّهُمْ يُحَدِّثُونَ أَحْيَانًا بِالشَّيْءِ يَكُونُ حَقًّا، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «تِلْكَ الْكَلِمَةُ مِنَ الْحَقِّ يَخْطَفُهَا الْجِنِّيُّ فَيَقُرُّهَا فِي أُذُنِ وَلِيِّهِ قَرَّ الدَّجَاجَةِ، فَيَخْلِطُونَ فِيهَا أَكْثَرَ مِنْ مِائَةِ كَذْبَةٍ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा गैबका अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा सचेत रहनु, तिनीहरूका वचनको पालन नगर र तिनीहरूको मामिलाको वास्ता नगर । यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा जिन्नहरूले आकाशबाट समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने आफ्ना साथीहरू अर्थात् भविष्यवक्ताहरूलाई सुनाउछन् त्यसपछि ज्योतिषीले एउटा सच साँचो कुरामा सयौं झूटहरू मिसाउँछन् ।

शब्दको अर्थ

يخْطفُها: يأخذها بسرعة.

فَيَقُرُّهَا في أُذُنِ: يلْقِيهَا على مسَامِع.

قرَّ الدجاج: صوتها عند مخاطبة دجاجة أخرى.

हदीसका केही फाइदाहरू

ज्योतिषीहरूलाई विश्वास गर्न निषेध गरिएको छ र कहिलेकाहीँ एकाध सत्य बाहिर आए पनि ऊ झुटो हो ।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) को पैगम्बर बनाएर पठाइए बाट नै आकाशलाई शैतानहरू बाट सुरक्षित बनाइएको छ त्यसपछि उनीहरुलाई केही समाचार सुन्न सम्भव रहेन । हो, कसैले गुपचुप सुनेर ताराको मारबाट सुरक्षित रह्यो भने त्यो अर्कै कुरा हो ।

जिन्नले केही निश्चित व्यक्तिलाई आफ्नो साथी बनाउँछन् ।

श्रोतहरू

सही बुखारी (8/ 47) (6213).

सही मुस्लिम (4/ 1750) (2228).

थप (9)

نزهة المتقين (2/ 1143).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (17/ 557).

بهجة الناظرين.

لسليم الهلالي (3/ 177).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لعلي القاري (7/ 2904).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 404).