Skip to content

"तिम्रो संसारको आगो नर्क

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"

«نَارُكُمْ جُزْءٌ مِنْ سَبْعِينَ جُزْءًا مِنْ نَارِ جَهَنَّمَ»، قِيلَ: يَا رَسُولَ اللَّهِ، إِنْ كَانَتْ لَكَافِيَةً. قَالَ: «فُضِّلَتْ عَلَيْهِنَّ بِتِسْعَةٍ وَسِتِّينَ جُزْءًا كُلُّهُنَّ مِثْلُ حَرِّهَا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संसारको आगो नर्कको आगोको सत्तरी भाग मध्ये एक भाग हो भन्ने कुरा बताउनुभएको छ । यसरी परलोकको आगोको तातोपन यस संसारको आगोको तापनभन्दा ६९ गुणा बढी हुनेछ, जसको प्रत्येक भाग यस संसारको आगोको तापन बराबर हुनेछ। कसैले भने, हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! नर्कबासी हरूलाई यातना दिन संसारको आगो नै पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : नर्कको आगोलाई संसारको आगोभन्दा ६९ गुणा तातो बनाइएको छ र त्यसको प्रत्येक भागको ताप संसारको आगोको ताप बराबर हुनेछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा नर्क बारे चेतावनी दिइएको छ, ताकि मानिसहरू नर्कमा लैजाने कर्महरूबाट टाढा रहून् ।

नर्कको आगो धेरै भयानक, यसको सजाय कठोर र यसको गर्मी धेरै तीव्र हुनेछ ।

श्रोतहरू

सही बुखारी (4/ 121) (3265).

सही मुस्लिम (4/ 2184) (2843).

थप (4)

المفهم (7/178).

التوضيح (19/177).

عمدة القاري شرح صحيح البخاري (15/ 165).

فتح الباري لابن حجر (6/ 334).