"तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।"
अबू-कतादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।"
«لَا يُمْسِكَنَّ أَحَدُكُمْ ذَكَرَهُ بِيَمِينِهِ وَهُوَ يَبُولُ، وَلَا يَتَمَسَّحْ مِنَ الْخَلَاءِ بِيَمِينِهِ، وَلَا يَتَنَفَّسْ فِي الْإِنَاءِ».
यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही शिष्टाचारहरू बारे बताउनुभएको छ; पिसाब गर्दा दाहिने हातले गुप्ताङ्ग समात्न र दाहिने हातले (शौचपछि) मलद्वार वा मूत्रमार्ग सफा गर्न निषेध गरिएको छ, किनभने दाहिने हातलाई सम्मानजनक र पवित्र कामहरूका लागि बनाइएको छ। त्यसैगरी, मानिसले जुन भाँडोबाट पानी आदि पिउँछ, सोही भाँडोभित्र सास फेर्न पनि निषेध गरिएको छ।
शिष्टाचार र सरसफाईको विषयमा इस्लाम धर्मको नियम सर्वश्रेष्ठ छ।
फोहोर-मैला वस्तुहरूबाट टाढा रहनु अनिवार्य छ, र यदि बाध्यतावश तिनलाई छुनुपरेमा, बायाँ हातको मात्र प्रयोग गर्नुपर्छ।
यस हदीसमा दाहिने हातको विशेष मान र बायाँ हातमाथिको त्यसको श्रेष्ठतालाई स्पष्ट पारिएको छ।
यसबाट इस्लामिक शरियत (विधिविधान) को परिपूर्णता र यसका शिक्षाहरूको व्यापकता स्पष्ट हुन्छ।
सही बुखारी (1/ 42) (154).
सही मुस्लिम (1/ 225) (267).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص41).
تنبيه الأفهام شرح عمدة الأحكام.
لابن عثيمين (1/ 45).