Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

45 of 683 cards

Clear filters
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन् र इब्ने हिब्बानले आफ्नो सहीहमा र हाकिमले पनि वर्णन गरेका छन्
"जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"
हसन अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र सोधे: "जसले प्रतिफल र प्रसिद्धिको कामना गर्दै जिहादमा भाग लिन्छ, उसले के पाउँछ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: "उसले केही प्राप्त गर्नेछैन।" ती व्यक्तिले आफ्नो प्रश्न तीन पटक दोहोर्याए र प्रत्येक पटक उहाँले भन्नुभयो: "उसले केही प्राप्त गर्नेछैन।" त्यसपछि उहाँले भन्नुभयो: "निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँको निम्ति र उहाँको प्रसन्नता प्राप्तिका लागि गरिन्छ।"
सही नेसाईले वर्णन गरेका छन्
हामी एक वर्षाले भिजेको, अत्यन्त अँध्यारो रातमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई खोज्न निस्कियौँ ताकि उहाँले हामीलाई नमाज पढाइदिउन्। अब्दुल्लाह बिन खुबैबले भन्नुहुन्छ: मैले उहाँलाई भेटेँ। उहाँले भन्नुभयो: "भन," तर मैले केही भनिनँ। फेरि उहाँले भन्नुभयो: "भन," तर मैले फेरि पनि केही बोलिनँ। तेस्रो पटक उहाँले भन्नुभयो: "भन।" तब मैले सोधें: "म के भनूँ?" उहाँले भन्नुभयो: "तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"
हसन तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
सम्पूर्ण स्रोतहरूले गर्दा हसन हो अबू दाऊद, निसाई र इब्ने माजहले वर्णन गरेका छन्