हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने :
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
يَا رَسُولَ اللَّهِ، إِنَّ أُمَّ سَعْدٍ مَاتَتْ، فَأَيُّ الصَّدَقَةِ أَفْضَلُ؟، قَالَ: «الْمَاءُ»، قَالَ: فَحَفَرَ بِئْرًا، وَقَالَ: هَذِهِ لِأُمِّ سَعْدٍ.
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) की आमाको निधन भयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, आमाको लागि सदका गर्नुछ, सबैभन्दा राम्रो सदका के होला ? उहाँले भन्नुभयो: सबैभन्दा राम्रो सदका (दान) पानी हो, त्यसैले उनले एउटा इनार खने र आफ्नी आमाको लागि दानको रूपमा दिए ।
पानी पिलाउनु सदकाका प्रकारहरूमध्ये सर्वोत्कृष्ट दान हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सअदलाई पानी दान (जलदान) गर्न मार्गदर्शन गर्नुभयो, किनकि यसले धार्मिक र सांसारिक दुवै मामिलामा सबैभन्दा व्यापक लाभ पुर्याउँछ। साथै, अत्यधिक गर्मी, तीव्र आवश्यकता र पानीको अभावजस्ता कारणहरूले गर्दा यसको महत्त्व र उपादेयता अझ बढी हुन्छ।
यसबाट सदकाको पुण्य मृतकहरूसम्म पुग्ने कुरा प्रमाणित हुन्छ।
यसबाट सअद बिन उबादा (रजियल्लाहु अन्हु) ले आफ्नी आमाप्रति निर्वाह गर्नुभएको कर्तव्य र सदाचार स्पष्ट हुन्छ।
सुनन अबी दाउद (3/ 109) (1681).
सुनन् निसाई (6/ 254) (3664).
सुनन् इब्ने माजह (4/ 643) (3684).
थप (1)
شرح سنن أبي داود للعباد (204/ 19).