Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
"यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।"
सही बैहकीले वर्णन गरेका छन्
"यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"
हसन बैहकी र अरूले यसरी नै वर्णन गरेका छन् र यसको केही भाग सहीहैनमा रहेको छ
"अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा, बैहकी तथा अन्यले रिवायत गरेका छन्
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
सही हाकिम र बैहकीले वर्णन गरेका छन्
"मलाई त केवल महान् नैतिक गुणहरूको परिपूर्णता स्थापित गर्नका लागि पठाइएको छ।"
हसन बुखारीले अल-अदब अल-मुफरदमा र अहमद तथा बैहकीले वर्णन गरेका छन्