Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

59 of 683 cards

Clear filters
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन् र इब्ने हिब्बानले आफ्नो सहीहमा र हाकिमले पनि वर्णन गरेका छन्
"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।"
सही अहमद, तिर्मिजी, इब्ने माजह र इब्ने हिब्बानले वर्णन गरेका छन्
"निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।"
हसन अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"
हसन तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्