"निश्चय नै, अल्लाहले मेरो उम्मतको अन्तर्मनमा आउने कुराहरू (खराब विचारहरू) लाई क्षमा गरिदिनुभएको छ, जबसम्म उसले त्यसलाई कार्यमा परिणत गर्दैन वा बोलीद्वारा व्यक्त गर्दैन।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निश्चय नै, अल्लाहले मेरो उम्मतको अन्तर्मनमा आउने कुराहरू (खराब विचारहरू) लाई क्षमा गरिदिनुभएको छ, जबसम्म उसले त्यसलाई कार्यमा परिणत गर्दैन वा बोलीद्वारा व्यक्त गर्दैन।"
«إِنَّ اللَّهَ تَجَاوَزَ عَنْ أُمَّتِي مَا حَدَّثَتْ بِهِ أَنْفُسَهَا، مَا لَمْ تَعْمَلْ أَوْ تَتَكَلَّمْ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुसलमानलाई उसको मनमा उत्पन्न हुने खराब विचारहरू (हदीसे नफ्स) का कारण तबसम्म दण्डित गरिँदैन, जबसम्म उसले तिनलाई वचनद्वारा व्यक्त गर्दैन वा कर्मद्वारा व्यवहारमा उतार्दैन। निस्सन्देह, अल्लाहले यस उम्मतबाट यो बोझ हटाइदिनुभएको छ र क्षमा प्रदान गर्नुभएको छ। तसर्थ, मनमा आफैँ उत्पन्न हुने क्षणिक खराब विचारहरूमा कुनै पकड (सजाय) छैन, जबसम्म ती विचारहरूमा व्यक्तिको मन स्थिर हुँदैन र उसले तिनलाई स्वीकार गर्दैन। तर, यदि ती विचारहरूले हृदयमा जरा गाडेर दृढ रूप लिन्छन्—जस्तै अहङ्कार, घमण्ड र कपट—वा उसले तिनलाई शारीरिक अङ्गहरूद्वारा कार्यमा ल्याउँछ अथवा बोलीद्वारा व्यक्त गर्छ भने, त्यस अवस्थामा ऊ अवश्य उत्तरदायी हुनेछ (सजायको हकदार बन्नेछ)।
अल्लाहले हृदयमा उत्पन्न हुने गलत विचार र शंकास्पद कुराहरूमा व्यक्तिलाई क्षमा गरिदिनुभएको छ। अर्थात्, ती कुराहरू जुन उसको हृदयमा उत्पन्न हुन्छन् र उसले आफैंसँग तिनको बारेमा कुरा गर्छ, तर ती केवल मन-मस्तिष्कमा सीमित रहन्छन् र पछि हराउँछन्।
यदि कुनै व्यक्तिले आफ्नो मनमा तलाक (सम्बन्धविच्छेद) को विचार मात्र गर्दछ, तर त्यसलाई न त मौखिक रूपमा उच्चारण गर्दछ न त लेखबद्ध गर्दछ भने, त्यस्तो अवस्थामा तलाक मान्य हुँदैन।
हृदयमा उत्पन्न हुने विचार जतिसुकै गम्भीर भए पनि, जबसम्म त्यसप्रति दृढ निश्चय गरिँदैन, वा व्यवहारमा उतारिँदैन र वचनद्वारा व्यक्त गरिँदैन, तबसम्म त्यसप्रति मानिस जवाफदेह हुने छैन।
यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उम्मतको महान् स्थान र सम्मान बारे व्याख्या गरिएको छ कि यो विशेषता उनीहरूलाई मात्र प्राप्त छ कि मनमा आउने विचारहरू (हदीस-ए-नफ्स) का कारण उनीहरूलाई सजाय दिइँदैन; जुन विशेषता अघिल्ला समुदायहरूलाई प्राप्त थिएन।
सही बुखारी (7/ 46) (5269).
सही मुस्लिम (1/ 116) (127).
थप (10)
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (7/ 560).
فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.
لابن عثيمين (5/ 46).
توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.
للبسام (5/ 502).
حاشية السندي على سنن ابن ماجه.
للسندي (6/ 157).
البدرُ التمام شرح بلوغ المرام.
للمغربي (8/ 49).