Skip to content

यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्लमी लाई ढुङ्गा हानेर सजाय दिएपछि उठेर भन्नुभयो:

यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।

«اجْتَنِبُوا ‌هَذِهِ ‌الْقَاذُورَةَ الَّتِي نَهَى اللَّهُ عَنْهَا فَمَنْ أَلَمَّ فَلْيَسْتَتِرْ بِسِتْرِ اللَّهِ وَلْيُتُبْ إِلَى اللَّهِ، فَإِنَّهُ مَنْ يُبْدِ لْنَا صَفْحَتَهُ نُقِمْ عَلَيْهِ كِتَابَ اللَّهِ عز وجل».

हाकिम र बैहकीले वर्णन गरेका छन्
सही
व्याख्या

इब्न उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले माइज़ बिन मालिक अल-अस्लमी (रजियल्लाहु अन्हु) लाई ज़िना (व्यभिचार) गरेको सजाय दिएपछि उठेर मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो : यस नालायकी काम र यस्ता अन्य घृणित कामहरूबाट टाढा रहनुहोस्। तर यदि कसैलाई यस प्रकारको काममा संलग्न भइहाल्यो भने, उसमा दुई कुरा अनिवार्य हुन्छन्: पहिलो: उसले अल्लाहले लुकाउनुभएको हुँदा आफूलाई ढाकोस् र आफ्नो पापबारे कसैलाई नबताओस्। दोस्रो: उसले तुरुन्तै अल्लाहसमक्ष तौबा / क्षमायाचना गरोस् र पापमा अडिग नबसोस्। तर यदि उसको पाप हामीसमक्ष साबित भयो भने, हामी उसमाथि त्यस पापको लागि अल्लाह तआलाको किताबमा उल्लेखित हद /सजाय लागू गर्नेछौं।

हदीसका केही फाइदाहरू

पापमा संलग्न मान्छेलाई आफ्नो पाप लुकाउन प्रोत्साहन दिइन्छ र उसले आफ्नो पापमा अल्लाहसँग तौबा गरोस्।

यदि पाप शासकसम्म पुग्छन् भने, हद/दण्ड लागू गर्नु अनिवार्य हुन्छ।

पापबाट टाढा रहनु र त्यसबाट तौबा गर्नु अनिवार्य छ।

श्रोतहरू

सुननुल् कुब्रा बैहकीको (8/ 572).

थप (8)

المستدرك على الصحيحين للحاكم (4/ 272) (7615).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (8/ 435).

فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.

لابن عثيمين (5/ 370).

توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.

للبسام (6/ 249).

شرح الزرقاني على موطأ الإمام مالك (4/ 235).