एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
أَنَّ رَجُلًا أَتَى النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَكَلَّمَهُ فِي بَعْضِ الْأَمْرِ، فَقَالَ: مَا شَاءَ اللهُ وَشِئْتَ، فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «أَجَعَلْتَنِي لِلَّهِ عَدْلًا؟ قُلْ: مَا شَاءَ اللهُ وَحْدَهُ».
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गरेपछि भन्यो: "अल्लाह र तपाईंले जे चाहनुहुन्छ त्यही हुनेछ ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कथनको निन्दा गर्नुभयो र उनीहरूलाई बताउनुभयो कि सृष्टिको इच्छालाई अल्लाहको इच्छासँग "र" (वाव) शब्दले जोडेर भन्नु सानो शिर्क (शिर्क-ए-असघर) हो, जुन कुनै पनि मुस्लिमले भन्नु हुँदैन। त्यसपछि उहाँले: "अल्लाहले एक्लै जे चाहनुहुन्छ, त्यही हुन्छ," भन्नु पर्छ भनेर सही तरिका सिकाउनु भयो। किनभने उहाँ (अल्लाह) को चाहना सँग अरू कसैको इच्छा साथसाथै जोडनु हुँदैन।
...:
जे अल्लाहले चाहनुहुन्छ र तपाईंले चाहनुहुन्छ" वा यस्तै समानान्तर अर्थ दिने शब्दहरू भन्न निषेध गरिएको छ। किनभने यसमा मानिसको चाहना लाई "वाव" (नेपालीमा 'र' को अर्थ दिने अक्षर) मार्फत अल्लाहको चाहनासँगै जोडेर प्रस्तुत गरिएको छ र यो सानो शिर्क हो।
गलतकुराको निन्दा गर्नु अनिवार्य छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) को रक्षा गर्नुभयो र शिर्क (बहुदेववाद) का मार्गहरूलाई अवरुद्ध गर्नुभयो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै मुनकर (गलत कुरा) को निन्दा गर्दा त्यसको जायज विकल्प पनि स्पष्ट पार्नु राम्रो कुरा हो ।
यो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कथन "मा शा अल्लाह वह्दहू" (अल्लाहले मात्र चाहनुभयो) र अर्को हदीसमा उहाँको कथन "कुल: मा शा अल्लाह सुम्म शि’त" (भन: अल्लाहले चाहनुभयो, त्यसपछि तिमीले चाह्यौ) को बीचको समन्वय (तालमेल) यसरी गरिन्छ कि व्यक्तिले "मा शा अल्लाह सुम्म शि’त" भन्नु जायज छ, तर "मा शा अल्लाह वह्दहू" भन्नु अझ उत्तम (श्रेष्ठ) छ।
"अल्लाहले जे चाहनुहुन्छ, त्यसपछि तपाईंले चाहनुहुन्छ" यसरी भन्नु जायज हो तर "अल्लाहले एक्लै जे चाहनुहुन्छ त्यही हुन्छ” भन्नु अति उत्तम हो ।
सुनन् कुब्रा लिन्निसाई (9/ 362) (10759).
सुनन् इब्ने माजह (3/ 252) (2117).
मुस्नद अहमद (5/ 297) (3247).
थप (6)
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص373).
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص335).
القول المفيد على كتاب التوحيد.
لابن عثيمين (2/ 230).