"अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।"
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।"
«إِنَّ اللَّهَ يُحِبُّ أَنْ تُؤْتَى رُخَصُهُ، كَمَا يُحِبُّ أَنْ تُؤْتَى عَزَائِمُهُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : भक्तको लागि सहज होस् भनेर अल्लाहले केही उपासनाका नियमहरूमा छुट र सहुलियत दिनुभएको छ, जस्तैः यात्रा गर्दा ४ रकातको नमाजलाई २ रकात मात्र पढ्ने, दुई नमाजलाई जम्मा गरी एकसाथ पढ्ने इत्यादि छुटहरू, ती छुटहरूको लाभ उठाइयोस भन्ने कुरा उहाँलाई त्यत्तिकै मनपर्छ, जति उहाँलाई उहाँले तोकेका अनिवार्य आदेशहरूको पालना हुने कुरा मन पर्छ, किनकि दुबै छूट र अनिवार्य आदेशको सम्बन्धमा अल्लाहको निर्देशनहरू समान छन्।
...:
यस हदीसमा वर्णन छ कि भक्तहरू माथि अल्लाहले दया गर्नुहुन्छ, र (त्यही दया स्वरुप) उहाँलाई मनपर्छ कि उहाँले निर्धारित गरेका छुटहरूको लाभ उठाइयोस ।
यस हदीसले शरीयह (धार्मिक कानुन)को परिपूर्णता र उत्तमता र यसले मुस्लिमहरूलाई कठिनाइबाट मुक्त गरेको छ भन्ने कुरा प्रष्ट हुन्छ।
सही इब्ने हिब्बान (2/ 69) (354).
थप (2)
فيض القدير (2/292).
نيل الأوطار (3/244).