Skip to content

अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो भनेर गवाही दिनु

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् :

"एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानिस देखा परे, उनको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो । उनको शरीरमा यात्राको कुनै प्रभाव देखिएको थिएन र हामी मध्ये कसैले पनि उनलाई चिन्न सकेनौं । उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बसे र आफ्नो घुँडालाई उहाँको घुँडामा जोडेर आफ्नो दुवै हत्केला उहाँको तिघ्रामा राखे र प्रश्न सोधे: ए मुहम्मद! मलाई इस्लामको बारेमा बताउनुहोस् ? तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : “अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो भनेर गवाही दिनु।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । हामी आश्चार्य चकित भयौं, यो कस्तो प्रकारको व्यक्ति हो, प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ । उनले फेरि सोधे : मलाई ईमानको बारेमा बताउनुहोस् ? उहाँले जवाफ दिनुभयो: “अल्लाह, उहाँका फरिश्ता (स्वर्गसन्देष्टा) हरू, उहाँका पुस्तकहरू, उहाँका रसूल (सन्देशवाहक) हरू र अन्तिम दिनमा विश्वास गर्नु तथा राम्रो नराम्रो भाग्य (तकदीर) मा विश्वास गर्नु भनेको ईमान हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । उनले फेरि सोधे : मलाई एहसानको बारेमा बताउनुहोस् ? तब उहाँले ले जवाफ दिनुभयो: "अल्लाहको आराधना यसरी गर, मानौं तिमी उहाँलाई देख्दैछौ । यदि तिमी अल्लाहलाई देखेको कल्पना गर्न सक्दैनौ भने उहाँले तिमीलाई देखिरहनुभएको छ ।" उनले फेरि सोधे : कयामत कहिले आउँछ? उहाँले ले जवाफ दिनुभयो: “जोसँग प्रश्न सोधिएकोछ उ सोध्ने व्यक्ति भन्दा बढी जान्दैन ।” फेरि उनले सोधे : त्यसो भए कयामतको संकेतको बारेमा बताउनुहोस् ? उहाँले ले जवाफ दिनुभयो: “दासीले आफ्ना मालकिनहरूलाई जन्म दिन थाल्नेछन्, खाली खुट्टा, नाङ्गो शरीर गरिब र बाख्राका गोठालाहरू अग्लो-अग्लो महलहरू निर्माण गर्नमा गर्व गर्नेछन् ।” त्यसपछि ती व्यक्ति प्रस्थान गरे । केही क्षणपछि पगम्बर स. ले मलाई सोध्नुभयो: ए उमर ! “तिमीलाई थाहा छ यो प्रश्न सोध्ने व्यक्ति को थिए?" मैले भने अल्लाह र उहाँको रसूल राम्ररी जान्नुहुन्छ । उहाँले ले भन्नुभयो : उनी जिब्रील थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए ।”

بَيْنَمَا نَحْنُ عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ ذَاتَ يَوْمٍ إِذْ طَلَعَ عَلَيْنَا رَجُلٌ شَدِيدُ بَيَاضِ الثِّيَابِ، شَدِيدُ سَوَادِ الشَّعَرِ، لَا يُرَى عَلَيْهِ أَثَرُ السَّفَرِ، وَلَا يَعْرِفُهُ مِنَّا أَحَدٌ، حَتَّى جَلَسَ إِلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَأَسْنَدَ رُكْبَتَيْهِ إِلَى رُكْبَتَيْهِ، وَوَضَعَ كَفَّيْهِ عَلَى فَخِذَيْهِ، وَقَالَ: يَا مُحَمَّدُ، أَخْبِرْنِي عَنِ الْإِسْلَامِ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «الْإِسْلَامُ أَنْ تَشْهَدَ أَنْ لَا إِلَهَ إِلَّا اللهُ، وَأَنَّ مُحَمَّدًا رَسُولُ اللهِ، وَتُقِيمَ الصَّلَاةَ، وَتُؤْتِيَ الزَّكَاةَ، وَتَصُومَ رَمَضَانَ، وَتَحُجَّ الْبَيْتَ إِنِ اسْتَطَعْتَ إِلَيْهِ سَبِيلًا» قَالَ: صَدَقْتَ، قَالَ: فَعَجِبْنَا لَهُ، يَسْأَلُهُ وَيُصَدِّقُهُ، قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِيمَانِ، قَالَ: «أَنْ تُؤْمِنَ بِاللهِ، وَمَلَائِكَتِهِ، وَكُتُبِهِ، وَرُسُلِهِ، وَالْيَوْمِ الْآخِرِ، وَتُؤْمِنَ بِالْقَدَرِ خَيْرِهِ وَشَرِّهِ» قَالَ: صَدَقْتَ، قَالَ: فَأَخْبِرْنِي عَنِ الْإِحْسَانِ، قَالَ: «أَنْ تَعْبُدَ اللهَ كَأَنَّكَ تَرَاهُ، فَإِنْ لَمْ تَكُنْ تَرَاهُ فَإِنَّهُ يَرَاكَ» قَالَ: فَأَخْبِرْنِي عَنِ السَّاعَةِ، قَالَ: «مَا الْمَسْؤُولُ عَنْهَا بِأَعْلَمَ مِنَ السَّائِلِ» قَالَ: فَأَخْبِرْنِي عَنْ أَمَارَتِهَا، قَالَ: «أَنْ تَلِدَ الْأَمَةُ رَبَّتَهَا، وَأَنْ تَرَى الْحُفَاةَ الْعُرَاةَ الْعَالَةَ رِعَاءَ الشَّاءِ يَتَطَاوَلُونَ فِي الْبُنْيَانِ» قَالَ: ثُمَّ انْطَلَقَ، فَلَبِثْتُ مَلِيًّا ثُمَّ قَالَ لِي: «يَا عُمَرُ، أَتَدْرِي مَنِ السَّائِلُ؟» قُلْتُ: اللهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «فَإِنَّهُ جِبْرِيلُ، أَتَاكُمْ يُعَلِّمُكُمْ دِينَكُمْ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (पैगम्बरका साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू यस प्रकार थियो: उनको लुगा अत्यन्त सुकिलो र सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको मैलो कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (पैगम्बरका साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने जवाफ दिए। जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (पैगम्बरका साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा त्यसको जवाफ बारे अनभिज्ञ भए झैं सोध्दै थिए , तर जवाफ सुने पछी त्यसको जवाफ सहि भएको पुष्टि पनि गर्दै थिए । त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छ वटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहको तर्फ बाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा आस्था राख्नु, जस्तैः नूह, इब्राहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) मा विश्वास राख्नु। अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिसहरुको पुनरुत्थान हुनेछ र तिनीहरुको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क को अस्तित्व रहेको कुरामा विश्वास गर्नु । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेख्नुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो ध्यान पुग्न सकिँदैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च छ र दोस्रो स्थान मनमा ध्यान हो । त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले आँफुमा सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई । त्यसपछि उनले कयामतका संकेतहरूका बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दासी र तिनीहरूको गर्भबाट जन्मिने बच्चाहरू धेरै हुनेछन र धेरै छोराछोरीले आमाका अनाज्ञाकारी हुन्छन् र दास जस्तै व्यवहार गर्छन् । अर्को चिन्ह: अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कासगँ आफ्ना सुन्दर र अग्ला भवनहरूको बारेमा घमण्ड गर्नेछन् । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबाहरूलाई इस्लाम सिकाउन आएका थिए ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श जीवनको बयान र उहाँ आफ्ना साथीहरू सँगै घुलमिल भएर बस्नुहुन्थ्यो र उनीहरु पनि उहाँ नजिक बस्ने गर्थे ।

प्रश्नकर्तासँग नम्रतापूर्वक व्यवहार गर्नुपर्छ र उसलाई आफ्नो नजिक बस्न दिने प्रेरणा, ताकि उसले बिना कुनै डर र हिचकिचाहट सोध्न सकोस् ।

शिक्षकसँग शिष्ट व्यवहार गर्नुपर्छ, जसरी जिबरील रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि आदरपूर्वक बसेका थिए, ताकि उनी उहाँबाट ज्ञान प्राप्त गर्न सकून् ।

इस्लामका पाँच स्तम्भहरू र ईमानका छ वटा आधारहरू छन् ।

जब इस्लाम र इमान दुबै शब्दहरू एकसाथ आउँछन्, तब इस्लामलाई बाह्य चीजहरूको सन्दर्भमा र इमानलाई आन्तरिक चीजहरूको सन्दर्भमा व्याख्या गरिनेछ ।

दीन (धर्म) का फरक-फरक स्तरहरू छन् । पहिलो : इस्लाम, दोस्रो : ईमान र तेस्रो : इहसान र यो उत्कृष्ट श्रेणी हो ।

प्रश्न सोध्नेलाई ज्ञान हुँदैन र अज्ञानताका कारण प्रश्न सोध्नु स्वभाविक कुरा हो । त्यसैले उनको प्रश्न र उत्तरको पुष्टिले गर्दा सहाबाहरु छक्क परेका थिए ।

कुनै पनि कुराहरू वर्णन गर्दा सबैभन्दा महत्त्वपूर्णबाट सुरु गर्नुपर्छ । त्यसैले इस्लामको व्याख्या गर्दा दुवै गवाहीबाट सुरु गरिएको थियो र आस्थाको व्याख्या गर्दा अल्लाहमाथिको आस्थाबाट सुरु गरिएको थियो ।

धर्मगुरु र विद्वानसँग यस्ता कुराहरू सोध्न सकिन्छ, जुन प्रश्नकर्तालाई थाहा छ, ताकि अरूलाई पनि थाहा होस् ।

कयामत कहिले आउँछ भन्ने जानकारी अल्लाहले आफैसँग सुरक्षित राख्नु भएको हो ।

श्रोतहरू

सही मुस्लिम (1/ 36) (8).

थप (9)

التحفة الربانية في شرح الأربعين حديثا النووية (ص7).

شرح الأربعين النووية.

لابن عثيمين (ص19).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

للعباد (ص15).

الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.

لعبد الله المحسن (ص7).

تاج العروس من جواهر القاموس.

للزبيدي (2/ 460).