Skip to content

"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले एक व्यक्तिलाई यसो भन्दै गरेको सुने, "होइन, म काबाको कसम खान्छु," उनले भने: अल्लाह बाहेक अरू कसैको कसम खानु हुँदैन, किनकि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें छु कि :

"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"

«مَنْ حَلَفَ بِغَيْرِ اللهِ فَقَدْ كَفَرَ أَوْ أَشْرَكَ».

अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो, जसले अल्लाहको नाम र विशेषताहरू बाहेक अरू कुनै सृष्टिको कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्छ; किनभने कसम खाँदा कसम खाने व्यक्तिको महिमा आवश्य नै हुन्छ जबकि महिमा योग्य केवल अल्लाह हुनुहुन्छ । त्यसैले केवल उहाँको नाम र गुणहरूको कसम खानुपर्छ, उहाँ हरेक कमीकमजोरीबाट पवित्र हुनुहुन्छ । अल्लाह बाहेक अरू कसैको कसम खानु सानो शिर्क हो । तर कसम खाने व्यक्तिले कसम खाने कुरालाई अल्लाहको समान वा सोभन्दा बढी सम्मान दियो भने त्यो ठूलो शिर्क हुनेछ ।

शब्दको अर्थ

من حلف: الحلف: اليمين، وهي توكيد الحكم بذكر معظّم تطمئن له نفس المخاطب.

كفر أو أشرك: يحتمل أن يكون هذا شكًّا من الراوي، ويحتمل أن تكون "أو" بمعنى الواو فيكون كفر وأشرك.

हदीसका केही फाइदाहरू

कसम र प्रतिज्ञा मा जुन सम्मान र आदर को भाव हुन्छ, त्यसको योग्य मात्र अल्लाह हुनुहुन्छ, त्यसैले अल्लाह र उहाँका नाम तथा विशेषताहरू बाहेक अरू कसैको कसम खान अनुमति छैन ।

सहाबा (साथी) हरू असल कुराको आदेश दिन र नराम्रो कामबाट अरुलाई रोक्न तत्पर रहनु हुन्थ्यो । विशेषगरी शिर्क वा कुफ्र जस्ता गलत कार्यको रोकथाममा ।

श्रोतहरू

सुनन् तिर्मिजी (3/ 194) (1535).

सुनन अबी दाउद (5/ 154- 155) (3251).

मुस्नद अहमद (9/ 249) (5346).

(9/ 275) (5375).

(10/ 249) (6072).

(1/ 343).

थप (11)

فتح المجيد شرح كتاب التوحيد.

لعبد الرحمن التميمي (ص413).

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (2/ 214).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص326).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص365).

التمهيد لشرح كتاب التوحيد.

لصالح آل الشيخ (ص452).

فتاوى اللجنة الدائمة.