Skip to content

"अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ

मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"

«مَنْ يُرِدِ اللهُ بِهِ خَيْرًا يُفَقِّهْهُ فِي الدِّينِ، وَإِنَّمَا أَنَا قَاسِمٌ، وَاللهُ يُعْطِي، وَلَنْ تَزَالَ هَذِهِ الْأُمَّةُ قَائِمَةً عَلَى أَمْرِ اللهِ، لَا يَضُرُّهُمْ مَنْ خَالَفَهُمْ، حَتَّى يَأْتِيَ أَمْرُ اللهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई धर्मको गहिराइका साथ समझ दिनुहुन्छ । अनि उहाँ (अलैहि सलात वस्सलाम) केवल (ज्ञान) बाड्ने हुन्, उहाँ अल्लाहले प्रदान गर्नुभएको जीविका र ज्ञान आदि बाँड्नु हुन्छ, जबकि वास्तविक दाता अल्लाह हुन् । उहाँ बाहेक अरू सबै केवल माध्यम हुन् जसले अल्लाहको अनुमति बिना फाइदा पुर्याउँन सक्दैनन्। यो उम्मत (राष्ट्र) कयामतको दिनसम्म अल्लाहको धर्ममा अडिग रहनेछ र विरोध गर्नेहरूले कुनै हानि गर्न सक्ने छैनन्, यहाँसम्म कि कयामत आउँछ ।

शब्दको अर्थ

.....:

हदीसका केही फाइदाहरू

इस्लामिक ज्ञानको महत्व अनि यस ज्ञान लाई सिक्ने प्रोत्साहन ।

सत्यलाई समर्थन गर्ने यो उम्मत (राष्ट्र) मा एक समूह अवस्थित हुनुपर्छ । यदि एक समूहले यसलाई बेवास्ता गर्छन् भने, अर्को समूहले गर्नुपर्दछ।

यदि कसैले धर्मको ज्ञान प्राप्त गर्छ भने यो अल्लाहले उसको लागि भलाइ गर्न चाहनुहुन्छ भन्ने संकेत हो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले (ज्ञान, धन आदि) केवल अल्लाहको आदेश र इच्छा अनुसार दिनुहुन्छ र उहाँको स्वामित्वमा केही पनि छैन ।

श्रोतहरू

सही बुखारी (1/ 25) (71).

सही मुस्लिम (2/ 718) (1037).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 485).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 324).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 424).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 688).