Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

7 of 683 cards

Clear filters
"जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।"
सही मुत्तफकुन अलैहि
"हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।'
हसन अहमदले वर्णन गरेका छन्
"हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरू (साथीहरू) को समूहमा आउनुभयो र सोध्नुभयो: "तिमीहरू यहाँ किन बसिरहेका छौ?" सहाबाहरूले जवाफ दिए: "हामी यहाँ अल्लाहको स्मरण गर्न र उहाँको प्रशंसा गर्न बसेका हौँ, जसले हामीलाई इस्लामको मार्गदर्शन दिनुभयो र हामीलाई इस्लाम (जस्तो धर्म) प्रदान गर्नुभयो।" उहाँले भन्नुभयो: "कसम खाएर भन, के तिमीहरू साँच्चै यही उद्देश्यका लागि बसिरहेका छौ?" उनीहरूले भने: "अल्लाहको कसम, हामी यही उद्देश्यका लागि बसेका हौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्