السؤال
س٢٤: ما هي المعجزة؟
प्रश्न २४: मुअजिजा (चमत्कार) के हो?
الجواب
ج:المعجزة: هي كل ما أعطاه الله لأنبيائه من خوارق العادات؛ للدلالة على صدقهم، مثل:
- شق القمر للنبي صلى الله عليه وسلم.
قال تعالى:
﴿ٱقۡتَرَبَتِ ٱلسَّاعَةُ وَٱنشَقَّ ٱلۡقَمَرُ *
وَإِن يَرَوۡاْ ءَايَةٗ يُعۡرِضُواْ وَيَقُولُواْ سِحۡرٞ مُّسۡتَمِرّٞ*
وَكَذَّبُواْ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡۚ وَكُلُّ أَمۡرٖ مُّسۡتَقِرّٞ﴾
[القمر: ١-٣]
- وشق البحر لموسى عَلَيْهِ السَّلَامُ، وإغراق فرعون وجنوده.
﴿وَإِذۡ فَرَقۡنَا بِكُمُ ٱلۡبَحۡرَ فَأَنجَيۡنَٰكُمۡ وَأَغۡرَقۡنَآ ءَالَ فِرۡعَوۡنَ وَأَنتُمۡ تَنظُرُونَ﴾
[البَقَرَةِ: ٥٠].
उत्तर: मुअजिजा भनेको ती सबै असामान्य कुराहरू हुन्, जुन अल्लाहले आफ्ना नबीहरूलाई प्रदान गर्नुहुन्छ, जसले उनीहरूको सत्यतालाई प्रमाणित गर्छ, जस्तै:
- नबी (सल्लल्लाहु अलैहि व सल्लम) का लागि चन्द्रमा दुई भागमा टुक्रिनु।
अल्लाह तआलाले भन्नुभएको छः
{महाप्रलय नजिक आइपुगेको छ र चन्द्रमा दुई भाग भएको छ।*
यदि उनीहरूले कुनै निशानी देख्छन् भने विमुख हुन्छन् र भन्छन्: ‘यो त निरन्तर चलिरहने जादू हो।*
तिनीहरूले सत्यलाई अस्वीकार गरे र आफ्ना इच्छाहरूको पछि लागे। प्रत्येक कुरा अन्ततः स्थिर (निश्चित परिणाममा) पुग्नेछ।}
[कमर: ४९]
- मूसा (अलैहिस्सलाम) का लागि समुद्रमा बाटो बन्नु र फिरऔन तथा उसका सेनाहरू डुबाइिनु।
{स्मरण गर, जब हामीले समुद्र चिरेर तिमीहरूका लागि बाटो बनायौं र तिमीहरूलाई बचायौं र फिरऔनका मानिसहरूलाई तिमीहरूको आँखा अगाडी डुबायौं।}
[अल्-बकरह: ५०]