तिमीहरूमध्ये जो कोही बिहान उठ्दा शरीरले स्वस्थ छ, आफ्नो घर-परिवारमा सुरक्षित छ र उसँग त्यस दिनको भोजन उपलब्ध छ भने, मानौं उसले संसारकै सारा सुख-सुविधाहरू पाएको छ।
उबैदुल्लाह बिन मिहसन अल-अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूमध्ये जो कोही शारीरिक रूपमा स्वस्थ छ, आफ्नो घर-परिवारमा सुरक्षित छ र उससँग त्यस दिनको भोजन उपलब्ध छ भने, मानौँ उसका लागि सम्पूर्ण संसार नै सुख-सुविधासहित एकत्रित गरिएको छ।"
«مَنْ أَصْبَحَ مِنْكُمْ مُعَافى فِي جَسَدِهِ، آمِنًا فِي سِرْبِهِ، عِنْدَهُ قُوتُ يَوْمِهِ، فَكَأَنَّمَا حِيزَتْ لَهُ الدُّنْيَا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि: हे मुस्लिमहरू हो! तिमीहरूमध्ये जो कोही बिहान उठ्दा शारीरिक रूपमा रोग र बिरामीबाट मुक्त एवं स्वस्थ छ, आफ्नो ज्यान, परिवार र सन्तानमा सुरक्षित छ, उसको आवतजावत गर्ने बाटो भयमुक्त छ, तथा जसको साथमा त्यस दिनका लागि पर्याप्त वैध (हलाल) भोजन उपलब्ध छ भने, मानौँ उसका लागि सम्पूर्ण संसार नै एकत्रित गरिएको छ।
यसमा मानिसलाई 'आफियत' (कल्याण र सुरक्षा), शान्ति र आहारको नितान्त आवश्यकता रहन्छ भन्ने कुराको स्पष्ट वर्णन गरिएको छ।
भक्तले अल्लाहको प्रशंसा गर्नुपर्छ र यी वरदानहरूका लागि उहाँप्रति कृतज्ञ हुनुपर्छ ।
यसमा सन्तोष (कनाअत) धारण गर्न र सांसारिक मोह त्याग्न प्रोत्साहन दिइएको छ ।
सुनन् तिर्मिजी (4/ 167) (2346).
सुनन् इब्ने माजह (5/ 253) (4141).
थप (4)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 570).
التنوير شرح الجامع الصغير.
لمحمد الصنعاني (10/ 110).