Skip to content

"निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।

«إِنَّ الْإِيمَانَ لَيَخْلَقُ فِي جَوْفِ أَحَدِكُمْ كَمَا يَخْلَقُ الثَّوْبُ الْخَلِقُ، فَاسْأَلُوا اللَّهَ أَنْ يُجَدِّدَ الْإِيمَانَ فِي قُلُوبِكُمْ».

हाकिम र तबरानीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिमको हृदयमा ईमान त्यसरी नै पुरानो र कमजोर हुँदै जान्छ जसरी नयाँ कपडा लामो समयसम्म प्रयोग गरेपछि पुरानो भइजान्छ । र यो आस्थाको कमजोरी उपासनामा सुस्ती, पापको कार्यहरू, वा वासनामा डुबेको कारणले हुन्छ । त्यसैले, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले हामीलाई फर्ज(अनिवार्य) कर्महरू पूरा गर्ने, अल्लाहको धेरै स्मरण (जिक्र) गर्ने र उहाँसँग क्षमा याचना गर्नेद्वारा हाम्रो ईमानलाई नवीकरण गर्न अल्लाहसँग प्रार्थना गर्न सिकाउनुभएको छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा धर्ममा अटल रहन र हृदयमा आस्थाको नवीकरणका लागि अल्लाह सँग प्रार्थना गर्ने प्रोत्साहित गरिएको छ।

ईमान (विश्वास) भनेको वचन, कर्म, र विश्वास हो, जुन आज्ञाकारिताले बढ्दछ र पापले घट्छ ।

श्रोतहरू
थप (7)

المستدرك على الصحيحين للحاكم (1/ 45) (5).

المعجم الكبير للطبراني (13/ 36) (84).

النهاية في غريب الحديث والأثر.

ص(282).

النهاية (1/316).

فيض القدير (2/323).

التنوير شرح الجامع الصغير (3/434).