४० वर्षको उमेरमा
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्:
४० वर्षको उमेरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि कुर्आन अवतरण गरिएको थियो । त्यसपछि उहाँ १३ वर्ष मक्कामा बस्नु भयो अनि उहाँलाई हिजरत (बसाइँ सर्ने) गर्ने आदेश भयो र उहाँ मदीना "हिजरत" गरेर जानु भयो र त्यहाँ १०वर्ष बस्नु भयो र त्यस पछि उहाँको देहान्त भयो ।
أُنْزِلَ عَلَى رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَهُوَ ابْنُ أَرْبَعِينَ، فَمَكَثَ بِمَكَّةَ ثَلَاثَ عَشْرَةَ سَنَةً، ثُمَّ أُمِرَ بِالْهِجْرَةِ، فَهَاجَرَ إِلَى الْمَدِينَةِ، فَمَكَثَ بِهَا عَشْرَ سِنِينَ، ثُمَّ تُوُفِّيَ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ.
इब्न अब्बासले बताए अनुसार, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई अल्लाहको वाणी (वही) प्राप्त भयो र रसूल (ईशदूत) बनाइयो, त्यतिबेला उहाँ ४० वर्षका हुनुहुन्थ्यो। वही प्राप्त गरेपछि उहाँले १३ वर्ष (इस्लामको प्रचारप्रसारमा) मक्कामा बिताउनुभयो। त्यसपछि उहाँलाई मदिना बसाइँ सर्न आदेश भयो र उहाँले १० वर्ष मदिनामा बिताउनुभयो। अन्त्यमा, उहाँको ६३ वर्षको उमेरमा देहान्त भयो।"
...:
यस हदीसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँको जीवनीप्रति विशेष रुचि राख्थे भन्ने कुरा प्रष्ट हुन्छ ।
सही बुखारी (5/ 45) (3851).
सही मुस्लिम (4/ 1826) (2351).
थप (1)
عمدة القاري شرح صحيح البخاري (16/ 303).