Skip to content

तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,

अत्यन्त हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]

أَنَّ نَاسًا مِنْ أَهْلِ الشِّرْكِ، كَانُوا قَدْ قَتَلُوا وَأَكْثَرُوا، وَزَنَوْا وَأَكْثَرُوا، فَأَتَوْا مُحَمَّدًا صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالُوا: إِنَّ الَّذِي تَقُولُ وَتَدْعُو إِلَيْهِ لَحَسَنٌ، لَوْ تُخْبِرُنَا أَنَّ لِمَا عَمِلْنَا كَفَّارَةً، فَنَزَلَ {وَالَّذِينَ لا يَدْعُونَ مَعَ اللهِ إِلَهًا آخَرَ وَلا يَقْتُلُونَ النَّفْسَ الَّتِي حَرَّمَ اللهُ إِلا بِالْحَقِّ وَلا يَزْنُونَ}[الفرقان: 68]، وَنَزَلَت: {قُلْ يَا عِبَادِيَ الَّذِينَ أَسْرَفُوا عَلَى أَنْفُسِهِمْ لا تَقْنَطُوا مِنْ رَحْمَةِ اللهِ} [الزمر: 53].

मुत्तफकुन अलैहि
सही
व्याख्या

धेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि बोलाउदै हुनुहुन्छ त्यो राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? व्यक्तिले जतिसुकै र जति ठूला पाप गरे पनि यदि उसले सच्चा हृदयले पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप अवश्य स्वीकार गर्नुहुनेछ भनेर दुई आयतहरू अवतरण गरियो । यदि यसो नभएको भए मानिसहरूले अविश्वास र अवज्ञाको मार्गलाई निरन्तरता दिने थिए र इस्लामलाई स्वीकार गर्ने थिएनन् ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

इस्लामको सद्गुण र महानता; किनभने इस्लामले विगतका सबै पापहरू मेटाउँछ ।

अल्लाहको आफ्ना सेवकप्रति अपार कृपा, व्यापक दया र क्षमा ।

शिर्क, अनाहक हत्या र व्यभिचार निषेध गरिएको छ र यी अपराधहरूमा संलग्न हुनेहरूका लागि धेरै कडा चेतावनी छ ।

साँचो र निष्कपट पश्चात्ताप र त्यसपछि पुण्य कर्महरूले अल्लाहप्रति कुफ्र (अविश्वास) सहित सबै पापहरू मेटाउँछ ।

अल्लाहको दया र कृपाबाट निराश हुनु हराम हो ।

श्रोतहरू

सही बुखारी (6/ 125) (4810).

सही मुस्लिम (1/ 113) (122).

थप (2)

إرشاد الساري لشرح صحيح البخاري (7/ 319).

النهاية في غريب الحديث والأثر (ص 808).