रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
تَوَضَّأَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مَرَّةً مَرَّةً.
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू गर्दा कहिलेकाहीँ सबै अंगहरू एक पटक मात्र धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा एक-एक पटक धुनुहुन्थ्यो । वास्तवमा, एक-एक पटक धुनु अनिवार्य हो ।
...:
वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
कहिलेकाहीँ एक एक पटक वुजू गर्नु पनि जायज छ ।
टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
सही बुखारी (1/ 43) (157).
थप (1)
إرشاد الساري لشرح صحيح البخاري (1/ 244).