मैले सोधेँ, हे अल्लाहका रसूल ! मेरो राम्रो व्यवहारको पहिलो हकदार को हो? उहाँले भन्नुभयो, तिम्री आमा, त्यसपछि तिम्री आमा, फेरि तिम्री आमा, त्यसपछि तिम्रा बुबा, र त्यसपछि प्राथमिकता अनुसार अरू नजिकका नातेदारहरू।
बहज बिन हकीमबाट, उनले आफ्ना पिताबाट, र उनका पिताले आफ्ना हजुरबुबाबाट उल्लेख गरेका छन् कि उनले भने:
"मैले सोधेँ, "हे अल्लाहका रसूल (सल्लल्लाहो अलैहे वसल्लम्)! मेरो सुव्यवहारको पहिलो हकदार को हो?" उहाँले भन्नुभयो, "तिम्री आमा, त्यसपछि तिम्री आमा, फेरि तिम्री आमा, त्यसपछि तिम्रा बुबा, र त्यसपछि प्राथमिकतानुसार अरू नजिकका नातेदारहरू।"
قُلْتُ يَا رَسُولَ اللَّهِ: مَنْ أَبَرُّ؟ قَالَ: «أُمَّكَ، ثُمَّ أُمَّكَ، ثُمَّ أُمَّكَ، ثُمَّ أَبَاكَ، ثُمَّ الْأَقْرَبَ فَالْأَقْرَبَ».
नबी (सल्लल्लाहो अलैहे वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि उदारता, उपकार, सुव्यवहार, असल आचरण, सुमधुर साथ र सम्बन्धको सबैभन्दा अधिक हकदार आमा हुन्। उहाँले आमाको हकलाई तीन पटक दोहोर्याएर कुरामा जोड दिनुभयो, ताकि बिना कुनै अपवाद समस्त मानिसहरूमाझ आमाको श्रेष्ठता र उच्च स्थान स्पष्ट होस्। त्यसपछि उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले आमापश्चात सुव्यवहारको हकदार को हो भनी स्पष्ट गर्दै भन्नुभयो : त्यसपछि बुवा, त्यसपछि नातेदारहरूमध्ये सबैभन्दा नजिकको, र सम्बन्ध जति नजिक र घनिष्ठ हुन्छ, टाढाकोभन्दा त्यति नै सुव्यवहारको हकदार हुन्छ ।
उक्त हदीसमा आमालाई, त्यसपछि बुबालाई, र त्यसपछि निकटताको दर्जा अनुसार क्रमशः सबैभन्दा नजिकका नातेदारहरूलाई प्राथमिकता दिइएको छ।
यसमा आमाबुवा र विशेष गरी आमाको श्रेणी र स्थानको वर्णन छ ।
हदीसमा आमाको सेवा र सम्मानलाई तीन पटक दोहोर्याइएको छ; किनभने आफ्ना छोराछोरीमाथि उनको ठूलो अनुग्रह हुन्छ। साथै, उनले गर्भधारण, प्रसव र स्तनपान गराउँदा एक्लैले भोग्नुपर्ने अनेकौँ कष्ट, थकान एवं कठिनाइहरूका कारण यसो भनिएको हो। त्यसपछि, उनले सन्तानको पालनपोषण र शिक्षादीक्षामा बुबासँग मिलेर पनि भूमिका निर्वाह गर्छिन्।
सुनन अबी दाउद (7/ 453) (5139).
सुनन् तिर्मिजी (3/ 463) (1897).
मुस्नद अहमद (33/ 230) (20028).
थप (8)
عون المعبود شرح سنن أبي داود.
للعظيم آبادي (14/ 33).
توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.
للبسام (6/ 54).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (8/ 187).
فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.
لابن عثيمين (5/ 194).