Skip to content

अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम्

सौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम् ।" वलीद भन्छन्: मैले औजाइलाई सोधें: इस्तिग्फार कसरी पढ्ने? उनले जवाफ दिए: अस्तग्-फिरूल्लाह’ अस्तग्-फिरूल्लाह’ (म अल्लाहसँग माफी माग्छु, म अल्लाहसँग माफी माग्छु) भन्नुपर्छ ।

كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا انْصَرَفَ مِنْ صَلَاتِهِ اسْتَغْفَرَ ثَلَاثًا، وَقَالَ: «اللَّهُمَّ أَنْتَ السَّلَامُ، وَمِنْكَ السَّلَامُ، تَبَارَكْتَ ذَا الْجَلَالِ وَالْإِكْرَامِ»، قَالَ الْوَلِيدُ: فَقُلْتُ لِلْأَوْزَاعِيِّ: كَيْفَ الْاسْتِغْفَارُ؟ قَالَ: تَقُولُ: أَسْتَغْفِرُ اللهَ، أَسْتَغْفِرُ اللهَ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) समाप्त गरेपछि ‘अस्तग्-फिरूल्लाह’ (हे अल्लाह! म तपाईंसँग माफी माग्दछु) तीन पटक पढ्नुहुन्थ्यो । त्यसपछि, आफ्नो पालनकर्ताको महानताको वर्णन गर्दै ‘अल्लाहुम्म अन्तस्सलामु व मिन्कस्सलामु तबारक्त या जल्-जलालि वल्-इक्राम्’ (हे अल्लाह! तपाईं शान्तिको स्रोत हुनुहुन्छ । तपाईंबाट मात्र शान्ति आउँछ । तपाईं धन्य, महान र आदरणीय हुनुहुन्छ) पढ्नुहुन्थ्यो । अर्थात्, अल्लाह आफ्ना गुणहरूमा शुद्ध र पूर्ण हुनुहुन्छ, उहाँ हरेक दोष र कमीकमजोरीबाट मुक्त हुनुहुन्छ । यस संसार र परलोकको खराबीबाट सुरक्षा केवल अल्लाहबाट खोजिनेछ र अरू कसैबाट होइन । अल्लाहको आशीर्वाद दुबै संसारमा अपार छ । उहाँ महान र परोपकारी हुनुहुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सलाम पछि ‘अस्तग्-फिरूल्लाह’ पढ्नु र यस अभ्यासमा दृढ रहनु मुस्तहब (प्रोत्साहित कार्य) हो ।

उपासनामा भएका कमीकमजोरी र भूलहरूको पूर्ति गर्न अल्लाहसँग माफी माग्नु मुस्तहब हो ।

श्रोतहरू

सही मुस्लिम (1/ 414) (591).

थप (6)

مرعاة المفاتيح شرح مشكاة المصابيح.

لعبيد الله المباركفوري (3/ 317).

سبل السلام.

للصنعاني (1/ 294).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (2/ 301).