Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

14 of 683 cards

Clear filters
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम् ।" वलीद भन्छन्: मैले औजाइलाई सोधें: इस्तिग्फार कसरी पढ्ने? उनले जवाफ दिए: अस्तग्-फिरूल्लाह’ अस्तग्-फिरूल्लाह’ (म अल्लाहसँग माफी माग्छु, म अल्लाहसँग माफी माग्छु) भन्नुपर्छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"
सही निसाईले कुब्रामा वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”
सही मुस्लिमले वर्णन गरेका छन्
अब्दुल्लाह बिन जुबैर (रजिअल्लाहु अनहुमा) हरेक नमाज मा सलाम फेरिसकेपछि यो दुआ गर्नुहुन्थ्यो: ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, ला हौल वला कुव्वत इल्ला बिल्लाह्, ला इलाह इल्लल्लाहु, वला नाअ्बुदु इल्ला इय्याह्, लहु-न्निअ्मतु व लहुल्-फज्लु व लहुस्सना उल्-हसन्, लाइलाह इल्लल्लाहु मुख्लिसीन लहुद्दी न व लौ करिहल्-काफिरून्’ । अर्थात अल्लाहबाहेक कुनै पनि पूजा योग्य छैन। उहाँ एक मात्र हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन। सम्पूर्ण राज्य उहाँकै हो, सम्पूर्ण प्रशंसा उहाँलाई नै हो, र उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ। पापबाट जोगिने शक्ति र राम्रो कार्य गर्न सक्ने क्षमता केवल अल्लाहको कृपाबाट प्राप्त हुन्छ। अल्लाहबाहेक कुनै सच्चा उपास्य छैन। हामी केवल उहाँको नै पूजा गर्छौं। हरेक अनुग्रहका मालिक उहाँ नै हुनुहुन्छ, सम्पूर्ण कृपा उहाँकै हो, र उत्कृष्ट प्रशंसा पनि उहाँकै लागि हो। अल्लाहबाहेक कुनै सच्चा उपास्य छैन। हामी केवल उहाँकै सच्चा उपासक हौं, चाहे काफिरहरूले यसलाई मन नपराउन। थप भने: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्
सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।
सही मुत्तफकुन अलैहि