रमजानका रातहरूमा महिलाहरूका लागि नमाज घरमै पढ्नु उत्तम हुन्छ वा मस्जिदमा, विशेषगरी यदि मस्जिदमा प्रवचन र उपदेशको व्यवस्था छ भने? साथै, मस्जिदमा नमाज पढ्न जाने महिलाहरूलाई तपाईंको के सल्लाह छ?
السؤال
प्रश्न १:
रमजानका रातहरूमा महिलाहरूका लागि नमाज घरमै पढ्नु उत्तम हुन्छ वा मस्जिदमा, विशेषगरी यदि मस्जिदमा प्रवचन र उपदेशको व्यवस्था छ भने? साथै, मस्जिदमा नमाज पढ्न जाने महिलाहरूलाई तपाईंको के सल्लाह छ?
س26: أيّهما أفضل للمرأة: أن تصلّي في ليالي رمضان في بيتها، أو في المسجد، وخصوصًا إذا كان فيه مواعظ وتذكيرٌ؟ وما توجيهك للنّساء اللاتي يصلّين في المساجد؟
الجواب
उत्तर १:
महिलाका लागि नमाज घरमै पढ्नु उत्तम मानिन्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइको व्यापक अर्थ यही हो, उहाँले भन्नुभएको छ:
"उनीहरू (महिला) को घरहरू उनीहरूका लागि उत्तम छन्।"
यसका साथै, धेरैजसो अवस्थामा महिलाहरू घरबाहिर निस्कँदा फित्ना (अनावश्यक आकर्षण वा गलत बुझाइ आदि) बाट सुरक्षित नहुन सक्छन्। यसैले, महिलाले आफ्नो घरमा नै नमाज पढ्नु मस्जिदमा नमाज पढ्नका लागि बाहिर निस्कनुभन्दा श्रेष्ठ मानिएको छ। प्रवचन तथा धार्मिक कुराकानीका लागि उहाँहरूले टेप (रेकर्डिङ) को माध्यमबाट पनि लाभ उठाउन सक्नुहुन्छ।
मस्जिदमा नमाज पढ्न जाने महिलाको लागि मेरो सल्लाह के छ भने घरबाट बाहिर निस्कँदा कुनै प्रकारको सजावट (मेकअप वा आकर्षक लुगा) र सुगन्ध (अत्तर) को प्रयोग नगरी निस्कनुपर्छ।
ﺟ26: الأفضل أن تصلّي في بيتها؛ لعموم قول النبيّ ﷺ:
«وَبُيُوتُهُنَّ خَيْرٌ لَهُنَّ» [1]،
ولأن خروج النّساء لا يسلم من فتنةٍ في كثيرٍ من الأحيان، فكون المرأة تبقى في بيتها خيرٌ لها من أن تخرج للصلاة في المسجد، والمواعظ والحديث يمكن أن تحصل عليها بواسطة الشريط.
[9] رواه أبو داود، كتاب الصلاة، باب ما جاء في خروج النساء إلى المساجد (567).
وتوجيهي للاتي يصلّين في المسجد: أن يخرجن من بيوتهن غير متبرّجاتٍ بزينةٍ، ولا متطيّباتٍ.