Skip to content

अल्लाहको कसम, ऊ आस्थावान् होइन; अल्लाहको कसम, ऊ आस्थावान् होइन; अल्लाहको कसम, ऊ आस्थावान् होइन। सोधियो, हे अल्लाहका रसूल! को हो त्यो व्यक्ति? उहाँले भन्नुभयो, जसको दुष्टता र हानिकारक व्यवहारबाट उसको छिमेकी सुरक्षित रहँदैन।

अबू-शुरैह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"अल्लाहको कसम, ऊ पूर्ण आस्थावान् होइन; अल्लाहको कसम, ऊ पूर्ण आस्थावान् होइन; अल्लाहको कसम, ऊ पूर्ण आस्थावान् होइन।" सोधियो, "हे अल्लाहका रसूल! को हो त्यो व्यक्ति?" उहाँले भन्नुभयो, "जसको दुष्टता र हानिकारक व्यवहारबाट उसको छिमेकी सुरक्षित रहँदैन।"

«وَاللَّهِ لاَ يُؤْمِنُ، وَاللَّهِ لاَ يُؤْمِنُ، وَاللَّهِ لاَ يُؤْمِنُ»، قِيلَ: وَمَنْ يَا رَسُولَ اللَّهِ؟ قَالَ: «الَّذِي لاَ يَأْمَنُ جَارُهُ بَوَايِقَهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दृढतापूर्वक जोड दिँदै लगातार तीन पटक कसम खाएर भन्नुभयो: अल्लाहको कसम! ऊ मोमिन (पूर्ण आस्थावान्) हुन सक्दैन; अल्लाहको कसम! ऊ मोमिन हुन सक्दैन; अल्लाहको कसम! ऊ मोमिन हुन सक्दैन। तब उपस्थित सहाबाहरूले सोधे: हे अल्लाहका रसूल! आखिर को हो त्यो व्यक्ति जो मोमिन हुन सक्दैन? उहाँले भन्नुभयो: त्यो व्यक्ति, जसको दुष्टता, दुराचार र अन्यायपूर्ण व्यवहारबाट उसको छिमेकी असुरक्षित रहन्छ (भयभीत हुन्छ)।

हदीसका केही फाइदाहरू

जसको अन्याय र दुष्टताबाट उसको छिमेकी सुरक्षित रहँदैन, त्यस्तो व्यक्ति मुमिन (आस्थावान्) हुन सक्दैन भनिनुले यो कुरा प्रमाणित गर्छ कि त्यस्तो व्यवहार महापाप (कबीरा) हो, र यस्तो गर्ने व्यक्तिको आस्था अपूर्ण हुन्छ।

यस हदीसले छिमेकीप्रति दया, सद्व्यवहार र असल आचरण अपनाउन तथा वचन वा कर्मद्वारा उनीहरूलाई कुनै प्रकारको कष्ट नपुर्‍याउन विशेष रूपमा प्रोत्साहित गर्दछ।

श्रोतहरू

सही बुखारी (8/ 10) (6016).

थप (2)

التوضيح لشرح الجامع الصحيح (28/ 321).

النهاية في غريب الحديث والأثر (93).