{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी भन्छन्:
जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
لَمَّا نَزَلَتْ: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} [التكاثر: 8]، قَالَ الزُّبَيْرُ: يَا رَسُولَ اللهِ، وَأَيُّ النَّعِيمِ نُسْأَلُ عَنْهُ، وَإِنَّمَا هُمَا الْأَسْوَدَانِ التَّمْرُ وَالْمَاءُ؟ قَالَ: «أَمَا إِنَّهُ سَيَكُونُ».
जब यो आयत अवतरित भयो: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} अर्थात्, अल्लाहले दिनुभएको आशिष्हरूप्रति तिमी आभारी छौ कि छैनौ भनेर तिमीलाई सोधिनेछ, तब जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हु) ले सोधे : हे अल्लाहका रसूल! हामीलाई कुन आशिष्को (धन–सम्पत्ति, स्वास्थ्य, आँखा, कान, मुटु, दिमाग, शान्ति तथा सन्तान) बारेमा सोधिनेछ? हामीसँग दुईवटा मात्र चीज छन्; खजूर र पानी जुन सोधिने लायक छैन ! यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमी जुन अवस्थामा छौं, त्यो आफ्नो ठाउँमा छ, तैपनि आशिष्को बारेमा सोधिनेछ । किनकि यी दुबै पनि अल्लाहका दुई ठूला वरदान हुन् ।
अल्लाहको आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्ने जोड ।
अल्लाहको आशीर्वाद र वरदान चाहे सानो होस् वा ठूलो कयामतको दिन त्यसबारे सोधिनेछ ।
सुनन् तिर्मिजी (5/ 375) (3356).
सुनन् इब्ने माजह (5/ 262) (4158).
थप (3)
شرح سنن ابن ماجه للسيوطي (ص: 307).
تحفة الأحوذي (9/203).
مرشد ذوي الحجا والحاجة إلى سنن ابن ماجه والقول المكتفى على سنن المصطفى (25/ 251).