Skip to content

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"

बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"

عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ قَالَ فِي الْأَنْصَارِ: «لَا يُحِبُّهُمْ إِلَّا مُؤْمِنٌ، وَلَا يُبْغِضُهُمْ إِلَّا مُنَافِقٌ، مَنْ أَحَبَّهُمْ أَحَبَّهُ اللهُ وَمَنْ أَبْغَضَهُمْ أَبْغَضَهُ اللهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मदीनाका अन्सारीहरूसँग प्रेम गर्नु पूर्ण ईमानको चिन्ह हो र उनीहरूप्रति घृणा राख्नु कपटको चिन्ह हो। यो यसकारण हो किनभने उनीहरूले इस्लाम र नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूर्ण रूपमा सहयोग गरे, (मक्का र अन्य स्थानबाट आएका) मुहाजिर मुस्लिमहरूलाई आश्रय दिए र अल्लाहको मार्गमा आफ्नो ज्यान र सम्पत्ति खर्च गर्न कुनै कसर बाँकी राखेनन्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

अन्सारहरूको लागि उच्च स्थान प्रस्ट हुन्छ, किनकि तिनीहरूको प्रेम इमान र कपटबाट मुक्तिको चिन्ह हो ।

अल्लाहका औलिया (सन्त) हरूसँग प्रेम राख्नु र उहाँहरूको समर्थन गर्नुले अल्लाहले आफ्ना भक्तलाई प्रेम गर्नुहुन्छ।

यसबाट इस्लाम धर्ममा प्रारम्भिक अग्रगामीहरूको उत्कृष्टता प्रस्ट हुन्छ।

श्रोतहरू

सही बुखारी (5/ 32) (3783).

सही मुस्लिम (1/ 85) (75).

थप (9)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 447).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص257).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (6/ 258).

شرح النووي على مسلم (2/ 63).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (1/ 350).