"जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।"
बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।"
«إِذَا سَجَدْتَ، فَضَعْ كَفَّيْكَ وَارْفَعْ مِرْفَقَيْكَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजको समयमा दुवै हातलाई सज्दाको अवस्थामा कसरी राख्ने भनेर व्याख्या गर्नुभएको छ। उहाँले दुवै हत्केलाहरू जमिनमा राम्रोसँग राख्नु पर्छ, औंलाहरू एकसाथ जोड्नु पर्छ र किब्लातर्फ फर्काउनु पर्छ, दुवै कुहिनाहरू जमिनबाट माथि र छेउबाट टाढा राख्नु पर्छ भनेर व्याख्या गर्नुभयो।
नमाज़ पढ्ने व्यक्तिले दुवै हत्केलालाई जमिनमा राख्नु अनिवार्य छ। किनभने हत्केला सज्दाका सात अंगहरू मध्येका हुन्।
दुवै हात जमिनबाट माथि उठाउनु मुस्तहब हो र तिनीहरूलाई जनावर जस्तै फैलाउनु मकरुह हो।
इबादतमा उत्साह, शक्ति र इच्छाशक्ति झल्काउनु पर्छ ।
जब प्रार्थना गर्ने व्यक्तिले आफ्नो शरीरका सबै अंगहरूलाई भुइँमा राख्छ, तब उसको शरीरको प्रत्येक अंग उपासनामा संलग्न हुन्छ।
सही मुस्लिम (1/ 356) (494).
थप (6)
سبل السلام شرح بلوغ المرام.
لمحمد الصنعاني (1/ 273).
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (2/ 235).
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص162).