"वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिद (प्रार्थनास्थल) बनाउँछन् ।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिद (प्रार्थनास्थल) बनाउँछन् ।"
«إِنَّ مِنْ شِرَارِ النَّاسِ مَنْ تُدْرِكُهُ السَّاعَةُ وَهُمْ أَحْيَاءٌ، وَمَنْ يَتَّخِذُ الْقُبُورَ مَسَاجِدَ».
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा खराब मानिसहरू को हुन् भनेर बताउनु भएको छ, सबैभन्दा खराब मानिसहरू ती हुन् जसको जीवनकालमा कयामत हुनेछ र जसले चिहानहरूलाई मस्जिदमा परिणत गर्नेछन् र त्यसको नजिक वा त्यसतिर फर्केर नमाज पढ्नेछन्।"
यस हदीसले स्पष्ट पार्छ कि चिहान (कब्रिस्तान) माथि मस्जिद निर्माण गर्नु निषेध (हराम) छ, किनकि यस्तो कार्यले शिर्कको ढोका खोल्छ।
मस्जिदको भवन नबनाईकन पनि चिहान नजिक नमाज पढ्न निषेध गरिएको छ । किनकि कुनै भवन नभए पनि सजदा गरिने ठाउँलाई मस्जिद भनिन्छ ।
जसले धार्मिक व्यक्तिहरूको चिहानलाई नमाज पढ्ने स्थल अर्थात् मस्जिदको रूपमा प्रयोग गर्दछ, तिनीहरू अल्लाहको सृष्टिमा सबैभन्दा घृणित र खराब मानिसहरूमध्ये पर्छन् । चाहे तिनीहरूले सो कार्यद्वारा अल्लाहको निकटता प्राप्त गर्ने उद्देश्य राखेको दाबी नै किन नगरून् ।
मुस्नद अहमद (6/ 394) (3844).
थप (6)
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص191).
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص176).
أحكام الجنائز.
للألباني (1/ 217).